माउन्ट अन्नपूर्णमा कारुणिक अभिभावत्व प्रशिक्षण

पोखरा ।
माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालय पोखरा नदीपुरको कक्षा १ र २ का विद्यार्थीका अभिभावकहरुका लागि २ दिने कारुणिक अभिभावकत्व प्रशिक्षण भएको छ ।
प्रशिक्षक श्रीराम तिमिल्सिनाले सहभागी अभिभावकहरुलाई प्रशिक्षण गराएका थिए । विद्यालय व्यवस्थापनका तर्फबाट तेज गुरुङले सहजीकरण गरेका थिए । उक्त प्रशिक्षण कार्यक्रममा विद्यालयका प्राचार्य सइन्द्रराज श्रेष्ठ, निर्देशक अशोक शाही साथै विद्यालय व्यवस्थापनबाट चित्र गुरुङले प्रशिक्षण कार्यक्रमको औचित्य माथि प्रकाश पारे । कार्यक्रमको संयोजन झम गुरुङले गरेका थिए ।
बालबालिकालाई भय, त्रास र हिंसाबाट मुक्त गराई सहभागीतात्मक र बालमैत्री वातारणमा उनीहरुको शारीरिक तथा मानसिक विकासका लागि अभिभावकले खेल्नुपर्ने भूमिकाका बारे उक्त प्रशिक्षण फलदायी रहने विद्यालयको विश्वास छ ।
अभिभावक बाहेक शिक्षकहरुका लागि शिक्षण सिकाई क्रियाकलाप तथा व्यावसायिक क्षमता अभिवद्धि र विद्यार्थीहरुका लागि विभिन्न अभिमुखकीरण तालिमहरुको आयोजना विद्यालयले गर्दै आएको कुरा प्राचार्य श्रेष्ठले बताए ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया