लक्षित वर्गलाई ‘बिमा’ मा जोड्दै घरपझोङ

जोमसोम—मुस्ताङको घरपझोङ गाउँपालिकाले बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन थालेको छ ।संविधानले सबै नागरिकलाई सहज स्वास्थ्य पहुँच सर्वसुलभ सुविधा उपलब्ध गराउने उद्देश्यले सरकारले बिमा कार्यक्रम संञ्चालनमा ल्याएको हो ।
सामाजिक स्वास्थ्य बिमाको आधारमा सबै नागरिकलाई स्वास्थ्य सेवा सुनिश्चित गर्न २०७२ सालमा बिमा कार्यक्रम सुरु भएको थियो । २०७४ सालपछि यो कार्यक्रम राष्ट्रिय बिमा बोर्डले संञ्चालन गर्दैआईरहेको छ । यसै जगमा बोर्ड संग समन्वय गरी घरपझोङ गाउँपालिकाले चालु वर्षदेखि बिमा कार्यक्रम संञ्चालनमा ल्याएको हो । त्यसो त मुस्ताङको जोमसोममा चालु वर्षदेखिनै बोर्डको सम्पर्क कार्यालय स्थापना गरिएको छ ।
घरपझोङ गाउँपालिकाले ‘समृद्ध प्रदेशका लागि स्वास्थ्य र सुखी नागरिक’ भन्ने उद्घोषसहित बिमा कार्यक्रमलाई तीब्रता दिईरहेको जनाईएको छ । आईतबार स्वास्थ्य बिमा कार्यक्रमको प्रगती समिक्षा कार्यक्रममा गाउँपालिकाले बिमा संम्वन्धि अन्तरक्रिया गरेको हो । सो अवसरमा गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले गरिव,दलित,विपन्न र अपांगता भएका व्यक्तिलाई स्वास्थ्य उपचारमा निकै सहयोगी र राहत प्रदान भएको बताए ।उनले बीमितहरुको स्वास्थ्य बिमा सेवा लिन पालिकाले सहजीकरण गरेको जनाए । स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख प्रेम नेपालीले बिमामा लगानी गरेको रकम खेर नजाने उल्लेख गरे । अति विपन्न,असाहाय,गरिव र अपांगता भएका व्यक्ती आर्थिक अभावमा ठुलो समस्यामा पर्ने गरेको बताउँदै कार्यालय प्रमुख नेपालीले बिमा कार्यक्रमले लक्षिथ बर्गलाई आर्थिक भार कम गर्ने उनको भनाई छ ।
घरपझोङ गाउँपालिकाले ५ वटै वडामा गरी १९३ घरधुरीका ६३३ जना दलित,विपन्न र अपांगता भएका नागरिकलाई बिमा कार्यक्रममा आवद्ध गरी सकेको घरपझोङका स्वास्थ्य शाखा अधिकृत कर्णबहादुुुुुुर थकालीले जानकारी दिए । अधिकृत थकालीले आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट बिमुख हुन नपरोस भन्ने उद्देश्यले पालिकाले बिमा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको बताए ।
सरकारले स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गराउने स्वास्थ्य बिमा कार्यक्रममा नागरिकले खासै चाँसो नदिएको बुझिएको छ । यसका लागि नागरिक सचेतना अपरिहार्य रहेको गाउँपालिकाको बुझाई छ । गाउँपालिकाले बिमा कार्यक्रमका लागि ८ लाख बजेट श्रोत सुनिश्चित गरेको शाखा प्रमुख थकालीले बताए ।
राष्ट्रिय बिमा बोर्डसंग समन्वय गरी ५ जना परिवार भएको घरधुरीले वार्षिक ३५ सय रुपैयामा तिर्नुपर्ने हुन्छ भने त्यस भन्दा बढी भएमा प्रतिसदस्य ७ सय को दरले बुझाउनु पर्ने हुन्छ ।बिमा जोडिएकाले कुनै बेला बिरामी पर्दा १ लाख रुपैयासम्मको स्वास्थ्य सुविधा पाउँने छन् । त्यस भन्दा बढी भएमा प्रति सदस्य २० हजारका दरले सुविधा पाउँने छन् ।
बिमामा कार्यक्रममा कार्यपालिकाले निर्णय गरेअनुसारका क्रियाकलाप गरिने बताईएको छ ।
स्थानीय सरकारको नागरिक प्रतिको जिम्मेवारी र नागरिकको स्थानीय सरकार प्रतिको विश्वाशको वातावरण सृजना हुने अपेक्षा गाउँपालिकाले गरेको छ । योकार्यक्रमले स्वास्थ्य सेवामा सबै दलित,विपन्न र अपांगता भएका नागरिकको स्वास्थ्य पहुँच पू¥याउने,आर्थिक अभावमा कोही पनि नागरिक सेवाबाट बञ्चित नहुँने,बीमितले नागरिकलाई घरदैलोमै सरकार भएको आभास दिलाउँने उद्देश्य घरपझोङ गाउँपालिकाको रहेको बताईएको छ ।
राष्ट्रिय बिमा बोर्डले स्थानीय तहसंग सहकार्य गरी बिमा कार्यक्रम अघि बढाईएपनि अन्य पालिकामा यो कार्यक्रम प्रभावकारी हुन नसकेको सम्पर्क कार्यालय मुस्ताङले जनाएको छ । घरपझोङ गाउँपालिका बाहेक हालसम्म अन्य ४ पालिका गरी करिव ४ सय जना व्यक्ति मात्र बिमा कार्यक्रममा जोडिएका छन् ।







‘संविधानबाहिरको सरकारलाई समर्थन मिल्दैन’
कास्की आइडलको दोस्रो चरणमा ३५ जना
ह्याङ्जाकोटको पर्यटन प्रवर्द्धनमा पैरवी
लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीमा परशुराम
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया