लक्षित वर्गलाई ‘बिमा’ मा जोड्दै घरपझोङ

समाधान संवाददाता २०८० जेठ २१ गते १७:५०

जोमसोम—मुस्ताङको घरपझोङ गाउँपालिकाले बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन थालेको छ ।संविधानले सबै नागरिकलाई सहज स्वास्थ्य पहुँच सर्वसुलभ सुविधा उपलब्ध गराउने उद्देश्यले सरकारले बिमा कार्यक्रम संञ्चालनमा ल्याएको हो ।

सामाजिक स्वास्थ्य बिमाको आधारमा सबै नागरिकलाई स्वास्थ्य सेवा सुनिश्चित गर्न २०७२ सालमा बिमा कार्यक्रम सुरु भएको थियो । २०७४ सालपछि यो कार्यक्रम राष्ट्रिय बिमा बोर्डले संञ्चालन गर्दैआईरहेको छ । यसै जगमा बोर्ड संग समन्वय गरी घरपझोङ गाउँपालिकाले चालु वर्षदेखि बिमा कार्यक्रम संञ्चालनमा ल्याएको हो । त्यसो त मुस्ताङको जोमसोममा चालु वर्षदेखिनै बोर्डको सम्पर्क कार्यालय स्थापना गरिएको छ ।

Advertisement

घरपझोङ गाउँपालिकाले ‘समृद्ध प्रदेशका लागि स्वास्थ्य र सुखी नागरिक’ भन्ने उद्घोषसहित बिमा कार्यक्रमलाई तीब्रता दिईरहेको जनाईएको छ । आईतबार स्वास्थ्य बिमा कार्यक्रमको प्रगती समिक्षा कार्यक्रममा गाउँपालिकाले बिमा संम्वन्धि अन्तरक्रिया गरेको हो । सो अवसरमा गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले गरिव,दलित,विपन्न र अपांगता भएका व्यक्तिलाई स्वास्थ्य उपचारमा निकै सहयोगी र राहत प्रदान भएको बताए ।उनले बीमितहरुको स्वास्थ्य बिमा सेवा लिन पालिकाले सहजीकरण गरेको जनाए । स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख प्रेम नेपालीले बिमामा लगानी गरेको रकम खेर नजाने उल्लेख गरे ।  अति विपन्न,असाहाय,गरिव र अपांगता भएका व्यक्ती आर्थिक अभावमा ठुलो समस्यामा पर्ने गरेको बताउँदै कार्यालय प्रमुख नेपालीले बिमा कार्यक्रमले लक्षिथ बर्गलाई आर्थिक भार कम गर्ने उनको भनाई छ ।

घरपझोङ गाउँपालिकाले ५ वटै वडामा गरी १९३ घरधुरीका ६३३ जना दलित,विपन्न र अपांगता भएका नागरिकलाई बिमा कार्यक्रममा आवद्ध गरी सकेको घरपझोङका स्वास्थ्य शाखा अधिकृत कर्णबहादुुुुुुर थकालीले जानकारी दिए । अधिकृत थकालीले आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट बिमुख हुन नपरोस भन्ने उद्देश्यले पालिकाले बिमा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको बताए ।

Advertisement

सरकारले स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गराउने स्वास्थ्य बिमा कार्यक्रममा नागरिकले खासै चाँसो नदिएको बुझिएको छ । यसका लागि नागरिक सचेतना अपरिहार्य रहेको गाउँपालिकाको बुझाई छ । गाउँपालिकाले बिमा कार्यक्रमका लागि ८ लाख बजेट श्रोत सुनिश्चित गरेको शाखा प्रमुख थकालीले बताए ।

राष्ट्रिय बिमा बोर्डसंग समन्वय गरी ५ जना परिवार भएको घरधुरीले वार्षिक ३५ सय रुपैयामा तिर्नुपर्ने हुन्छ भने त्यस भन्दा बढी भएमा प्रतिसदस्य ७ सय को दरले बुझाउनु पर्ने हुन्छ ।बिमा जोडिएकाले कुनै बेला बिरामी पर्दा १ लाख रुपैयासम्मको स्वास्थ्य सुविधा पाउँने छन् । त्यस भन्दा बढी भएमा प्रति सदस्य २० हजारका दरले सुविधा पाउँने छन् ।

 बिमामा कार्यक्रममा कार्यपालिकाले निर्णय गरेअनुसारका क्रियाकलाप गरिने बताईएको छ ।

स्थानीय सरकारको नागरिक प्रतिको जिम्मेवारी र नागरिकको स्थानीय सरकार प्रतिको विश्वाशको वातावरण सृजना हुने अपेक्षा गाउँपालिकाले गरेको छ । योकार्यक्रमले स्वास्थ्य सेवामा सबै दलित,विपन्न र अपांगता भएका नागरिकको स्वास्थ्य पहुँच पू¥याउने,आर्थिक अभावमा कोही पनि नागरिक सेवाबाट बञ्चित नहुँने,बीमितले नागरिकलाई घरदैलोमै सरकार भएको आभास दिलाउँने उद्देश्य घरपझोङ गाउँपालिकाको रहेको बताईएको छ ।

राष्ट्रिय बिमा बोर्डले स्थानीय तहसंग सहकार्य गरी बिमा कार्यक्रम अघि बढाईएपनि अन्य पालिकामा यो कार्यक्रम प्रभावकारी हुन नसकेको सम्पर्क कार्यालय मुस्ताङले जनाएको छ । घरपझोङ गाउँपालिका बाहेक हालसम्म अन्य ४ पालिका गरी करिव ४ सय जना व्यक्ति मात्र बिमा कार्यक्रममा जोडिएका छन् ।

तपाईको प्रतिक्रिया