मोबाइल व्यवसायी महासंघ गण्डकीमा नयाँ समिति

पोखरा ।
नेपाल मोबाइल व्यवसायी महासंघ गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट उदयबहादुर केसी (लाहुरे दाइ)को अध्यक्षतामा नयाँ समिति चुनिएको छ । महासंघको प्रथम उपाध्यक्षमा देवकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्ष विष्णुनारायण श्रेष्ठ, महासचिव नारायण सुवेदी, सचिव किरण ढकाल, कोषाध्क्ष चिन्तामणि खरेल र सहकोषाधक्षमा ढाकामोहन अधिकारी छन् ।
यस्तै, रविन गुरूङ वरिष्ठ सदस्य र सदस्यहरुमा रामचन्द्र तिवारी, गोविन्द पान्डे, सुदर्शन पौडेल, जीवन ढुंगाना, अञ्जली रञ्जित, रामहरि तिमिल्सिना, विष्णुकुमारी श्रेष्ठ, सुमन कार्की, भुवराज रेग्मी, शिव पोख्रेल, विनोद पराजुली, नारायण गिरी, हेमन्त श्रेष्ठ र मनोज श्रेष्ठ निर्वाचित भएका छन् ।
महासंघ प्रदेश अध्यक्ष लाहुरे दाइको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग बाणिज्य महासंघ गण्डकी पूर्वअध्यक्ष सञ्जीवबहादुर कोइरालाले व्यावसायिक संघ, संस्थाहरु प्रादेशिक संरचनामा जान थालेको तर राजनीतिक रुपमै प्रदेशको उपस्थिति भने कमजोर देखिएको बताए । उनले व्यवसायीले देशको समृद्धि र अर्थतन्त्र चलायमान बनाउन भूमिमका निर्वाह गर्ने उल्लेख गर्दै राज्यले पनि व्यवसायमैत्री नीति लिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल मोबाइल व्यवसायी महासंघ केन्द्रीय अध्यक्ष भरत भट्टराईले मोबाइल व्यवसायमा केही सम्भावना र केही चुनौति रहेको उल्लेख गर्दै व्यावसायीको सहकार्यले मात्र ती चुनौती सामना गर्न सकिने विचार राखे ।
महासंघ गण्डकीका महासचिव नारायण सुवेदीले प्रदेशका सबै जिल्लामा संगठन निर्माण र कठिनाइमा परेका व्यवसायीलाई सघाउन महासंघ लागिपर्ने उल्लेख गरे ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया