गण्डकीको नीति तथा कार्यक्रममा राप्रपाको प्रतिक्रिया- जनतालाई भुलाउने काम भयो

पोखरा
गण्डकी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जनतालाई भुलाउने काम भएको बताएका छन् ।
गण्डकी राप्रपा संसदीय दलको नेता तथा पूर्व मन्त्री पञ्चराम गुरुङले सरकारले ल्याएको नीति तथा कार्यक्रम स्रोत तथा साधनलाई ख्याल नगरी जनता भुलाउने काम भएको प्रतिक्रिया दिएका छन् ।
‘ल्याएका कुराहरु नराम्रा छैनन्, राम्रै छन्, अब अलिकति बढी महत्वकाक्षी देखिन्छ किनभने स्रोत र साधनको विषयमा खासै उल्लेख गरिएको छैन । जनताका मन छुने, आवश्यकताकै योजना छन् । तर, पनि स्रोत र साधनको उपलब्ध कसरी गर्न सकिन्छ भन्ने विषयमा खासै देखिदैन । यो जनतालाई भुलाउने बाटो त होइन कतै भन्ने प्रश्न उठेको छ,’ उनले भने ।
गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आइतबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेको थिए ।








सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया