माग संम्वोधन नभएको भन्दै मुस्ताङमा विद्यालयका कर्मचारी धर्नामा

समाधान संवाददाता २०८० जेठ २२ गते १६:३२

जोमसोम—मुस्ताङमा पनि सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी आन्दोलनमा उत्रिएका छन् । सरकारले विद्यालयका कर्मचारीको सेवा सुविधा लगायतका विषयमा माग संम्वोधन नभएको भन्दै मुस्ताङका विद्यालयका कर्मचारी आईतबारदेखि आन्दोलनमा उत्रिएका हुन् ।


नेपाल विद्यालय कर्मचारी परिषदको एकहप्ते विरोध स्वरुपको धर्ना कार्यक्रम अन्तर्गत नेपाल विद्यालय कर्मचारी परिषद जिल्ला कार्यसमिति मुस्ताङले शिक्षा विकास तथा समन्वय ईकाईको कार्यालय मुस्ताङमा धर्ना कार्यक्रम आयोजना गरेको हो । सरकारले नीति तथा कार्यक्रममा पेश गरेको १२७ नंं बुँदा गायव भएको भन्दै विरोध जनाउँदै धर्ना दिएका दिएका हुन् ।
यसअघि सामुदायिक विद्यालयका कर्मचारीहरुको सेवा सुविधा वृद्धि गर्ने उल्लेख गरिएपनि बजेटमा माग सम्वोधन नहुँदा आन्दोलनमा उत्रिनु परेको नेपाल विद्यालय कर्मचारी परिषद मुस्ताङकी अध्यक्ष विष्णु पुर्जाले जानकारी दिईन् । उनले विद्यालयका कर्मचारीको माग सम्वोधन नभएमा कडा आन्दोलनमा उत्रिने चेतावनी दिईन् ।


शिक्षा विकास तथा समन्वय ईकाईको कार्यालय जोमसोममा विभिन्न विद्यालयका डेढ दर्जन महिला कर्मचारी धर्ना कार्यक्रममा उपस्थित भएको जनशान्ति मा.वि.की कर्मचारी कल्पना मगरले जानकारी दिईन् । परिषदको निर्णय र निर्देशन अनुसारनै आईतबारदेखि २६ गते एकसातासम्म विरोध स्वरुप धर्ना दिने उनले जनाईन् ।‘भौगोलिक विकटता रहेको मुस्ताङमा टाढा टाढाबाट कर्मचारी साथीहरु धर्नामा उपस्थित हुन आएको उनको भनाई छ ।

Advertisement


धर्नामा कार्यक्रममा टाढा टाढाबाट महंगो खर्च गर्नु परेको र विद्यालयका कर्मचारीहरुको माग सरकारले अबिलम्व संम्वोधन गर्नु पर्ने उनीहरुको भनाई छ ।

Advertisement

तपाईको प्रतिक्रिया