माउन्ट अन्नपूर्णमा सरसफाइ

समाधान संवाददाता २०८० जेठ २३ गते १२:०९

पोखरा ।
५० औं विश्व वातावरण दिवसको उपलक्ष्यमा माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालय नदीपुरले विद्यालय हाता, नजिकको मुख्य सडक र चोकहरुमा सरसफाइ गरेको छ ।


वातावरण प्रदूषण विरुद्ध जनचेतना जगाउन प्लेकार्डसहित कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थी तथा शिक्षक कार्यक्रममा सहभागी बने । प्लाष्टिक प्रदूषण विरुद्ध लागौं भन्ने नाराका घरबाट नै वातावरण प्रदूषणका बारेमा जनचेतना जगाउन शिक्षक अञ्जिता सुनारले आग्रह गरिन् ।


विद्यालयका प्राचार्य सइन्द्रराज श्रेष्ठले सरसफाइका सामग्री जनप्रतिनिधि सनकमान सिकेलाई हस्तान्तरण गरी कार्यक्रम सुरुआत गरेका थिए । वातावरण प्रदूषण न्यूनीकरण गर्नमा विद्यार्थीको भूमिका बढी हुने भएकाले प्रत्यक्ष रुपमा विद्यार्थीलाई कार्यक्रममा सहभागी गराइको विद्यालय निर्देशक अशोक शाहीले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया