कुमुदिनी होम्समा चिनिया भाषा कक्षा

समाधान संवाददाता २०८० जेठ २३ गते १३:५३

पोखरा ।
कुमुदिनी होम्स विद्यालयमा सोमबारदेखि विद्यार्थीका लागि चिनिया भाषा कक्षा सुरु भएको छ । विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले विद्यार्थीको व्यावहारिक सिकाइको घरको रुपमा विद्यालयलाई लिनुपर्ने बताए ।


विद्यालयमा कोभिड १९ भन्दा अगाडि चाइना कल्चर सेन्टर, चिनिया दूतावासबाटै चिनिया भाषा पढाउने शिक्षक आएर भाषा सिकाइरहेका थिए । पालिखेले चिनिया भाषा सिकाउँदा भोलिका दिनमा चीन गएर पढ्न चाहने विद्यार्थीलाई सजिलो हुने विश्वास व्यक्त गरे ।

चिनिया भाषा सिकाएवापत् कुनै शुल्क नउठाउने जानकारी उनले दिए । अध्यक्ष पालिखेले अहिले कक्षा ५, ६ र ७ का विद्यार्थीलाई चिनिया भाषाको कक्षा सुरु गरिएको बताए । विद्यार्थीलाई चिनिया संस्कार, संस्कृति र कलाको बारेमा पनि जानकारी गराइने भएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया