पूर्वमन्त्री गुरुङद्वारा छात्तवृत्ति वितरण

समाधान संवाददाता २०८० जेठ २३ गते १४:०१

पोखरा ।
पूर्व पर्यटन राज्यमन्त्री महादेव गुरुङले आफ्नी आमाको स्मृतिमा स्थापना गरेको शैक्षिक छात्रवृत्ति वितरण गरेका छन् । पोखरा महानगरपालिका २३ को हर्पनकोट माविका विद्यार्थीका लागि स्थापित अक्षयकोषबाट उनले छात्रवृत्ति वितरण गरेका हुन् ।
कक्षा १ देखि कक्षा ९ सम्म अध्ययनरत १२ जना गरिब, जेहेन्दार तथा लगनशील छात्रछात्रालाई ५३ हजार २ सय (अक्षरुपी त्रिपन्न हजार दुई सय रुपैयाँ) आइतबार वितरण गरेको प्रधानाध्यापक कृष्णप्रसाद पोखरेलले जानकारी दिए ।


छात्रवृत्ति प्राप्त गर्नेमा कक्षा १ की रोशनी नेपाली, कक्षा २ की शिवानी गुरुङ, कक्षा ४ की सुमिना गुरुङ, कक्षा ५ की सम्झना सुनार, कक्षा ५ की समीक्षा सुनार, कक्षा ६ का सुजित नेपाली, कक्षा ६ की सोनी गुरुङ, कक्षा ७ की मनीषा नेपाली, कक्षा ८ का निशान भुजेल, कक्षा ८ की सुवासी गुरुङ, कक्षा ९ का प्रवीण सुनार, कक्षा ९ की बबिता सुनारलाई जनही ३ हजार छ सय प्रदान गरिएको हो ।


छात्रवृत्ति वितरणपछि पूर्वमन्त्री गुरुङले अबको शिक्षा किताबी मात्र नभई व्यावहारिक र जीवनउपयोगी हुनुपर्नेमा जोड दिए ।

Advertisement


पूर्वमन्त्री गुरुङले आमा स्वर्गीय गंगादेवी गुरुङको स्मृतिमा विसं २०५८ सालमा एक लाख पचास हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका थिए । अक्षय कोषका लागि यस वर्ष थप सहयोगी हात जुटेको गुरुङले जानकारी दिए । ‘सुबेदार रणबहादुर गुरुङ र बनसुवा गुरुङको नाममा छोरा सन्तोष गुरुङले पच्चीस हजार रुपैयाँ र मेरो ज्वाइँ सोभियतजंग गुरुङले सिवानी गुरुङलाई १० हजार रुपैयाँ प्रोत्साहन स्वरुप पठाउनु भएको छ,’ उनले भने ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमानसिंह गुरुङको अध्यक्षतामा सम्पन्न छात्रवृत्ति वितरण कार्यक्रममा शिक्षक शिव परियारले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालन शिक्षक शिवप्रसाद पौडेलले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया