बगर भाइ खलक ‘सुपर भेट्रान’ फुटबल खेल्न भारत जाँदै

पोखरा ।
बगर भाइखलक ६० वर्षमाथिको ‘सुपर भेट्रान’ फुटबल खेल्न भारत जाने भएको छ । भारतको उत्तराखण्ड राज्यको देहरादूनमा जेठ २६ देखि २९ गते सम्म आयोजना हुने ‘प्रथम राष्ट्रिय मास्र्टस स्पोर्टस २०२३’ अन्तर्गत हुने ‘सुपर भेट्रान’ फुटबलमा सहभागिता जनाउन टोली त्यसतर्फ जान लागेको हो । भारततर्फ प्रस्थान गर्न लागेको टोलीलाई वडा प्रहरी कार्यालय बगरले बिदाई गरेको छ ।
बिदाई कार्यक्रममा पोखरा १ का अध्यक्ष सहारा प्रधानले जितको शुभकामना दिए । कार्यक्रममा वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक शालिकराम तिमिल्सिनाले पाको उमेरमा पनि खेलकुदलाई अभिन्न बनाउन सकिन्छ भन्ने उदाहरण भाइखलकले स्थापित गरेको बताए । सो अवसरमा सामाजसेवी तथा वडा प्रहरी कार्यालयका निर्माण तथा सम्भार समितिका अध्यक्ष पुरोषत्तम श्रेष्ठ, बगर भाइखलकका अध्यक्ष दिलबहादुर गुरुङ, महासचिव यामबहादुर गुरुङले आफ्ना भनाई राखेका थिए ।
पहिलोपटक ‘सुपर भेट्रान’ फुटबलमा सहभागिता जनाउन लागेको टोलीमा १५ जना छन् । टोलीमा पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको जमघट छ । जसमा ६९ वर्षीय दिनेश कुमार श्रेष्ठ, ६९ वर्षीय केशव (आनन्द) रञ्जित, ६८ वर्षीय चिनबहादुर गुरुङ, ६६ वर्षीय दिलबहादुर गुरुङ, ६५ वर्षीय जसकाजी गुरुङ र रामबहादुर गुरुङ, ६२ वर्षीय कृष्ण बजिमय, अम्बर गुरुङ र रमेशकुमार श्रेष्ठ, ६१ वर्षीय लोकबहादुर गुरुङ, ६० वर्षीय युद्धबहादुर गुरुङ, जुनकाजी गुरुङ, ओमकार गिरी, धनकुमार गुरुङ (सन्तोष) र शकिल गुरुङ छन् ।








लक्ष्मी ग्रुपको ५२औं स्थापना दिवसमा २१ कर्मचारी सम्मानित
‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया