व्यवसाय र पर्यटन प्रवद्र्धन गर्न प्रवद्र्धनात्मक भ्रमण

समाधान संवाददाता २०८० जेठ २४ गते ११:३५

पोखरा ।
इम्ब्रोइडरी एन्ड गार्मेट एसोसिएसन (एगा) पोखराको टोली हिमाल पारीको जिल्ला मुस्ताङसम्म व्यवसाय एवम् पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ सोमबार त्यसतर्फ प्रस्थान गरेको छ ।


नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवद्र्धनमा एगाका सदस्य एवम् पर्यटन सम्बद्ध संस्थाका प्रतिनिधि र सञ्चारकर्मी सहितको ४५ सदस्यीय टोली प्रवद्र्धनात्मक भ्रमणका लागि त्यसतर्फ लागेको हो ।


एगाका अध्यक्ष इन्द्रप्रसाद भण्डारीको नेतृत्वको टोलीमा पोखरा महानगरपालिका पर्यटन विकास समितिका उपाध्यक्ष रवीन्द्रराज पौडेल, पर्यटन तथा सामाजिक अभियान्ता कृष्ण केसी लगायतको सहभागिता छ ।

Advertisement


टोलीले पर्वत, म्याग्दी, मुस्ताङ र बागलुङका विभिन्न धार्मिक एवम् पर्यटकीय स्थलहरुको अध्ययन, अवलोकनका साथै व्यवसायी र जनप्रतिनिधिहरूसँग अन्तत्र्रिmया गर्ने अध्यक्ष भण्डारीले जानकारी दिए । विशेषतः इम्ब्रोइडरी र गार्मेन्ट्ससँग सम्बन्धित उद्योग र उत्पादनमूलक सामाग्रीको अध्ययन अवलोकन गर्ने भ्रमणको उद्देश्य रहेको उनले बताए ।


भ्रमण टोली हिमाल पारीको जिल्ला मुस्ताङस्थित नेपाल र चीनबीचको कोरला नाकासम्म पुग्ने एगाका उपाध्यक्ष गोकर्ण लम्सालले जानकारी दिए । भ्रमण टोलीलाई नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रबन्धक नवीन पोखरेल, एगाका पूर्व अध्यक्षद्वय चिरञ्जीवी पोखरेल र कृष्णकुमार श्रेष्ठ लगायतले बिदाई गरेका थिए ।

Advertisement


उक्त अवसरमा पर्यटन बोर्डका प्रबन्धक पोखरेलले स्थानीयस्तरमा उत्पादित सामाग्रीको प्रवद्र्धन र बजारीकरणका लागि भ्रमण महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरे । एगाका पूर्व अध्यक्ष चिरञ्जीवी पोखरेलले पर्यटन प्रवद्र्धनमा एगाले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै यसले व्यवसाय प्रवद्र्धनमा पनि सघाउने उल्लेख गरे । प्रवद्र्धन टोली शुक्रबार पोखरा फर्कने उपाध्यक्ष लम्सालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया