गण्डकी कलेज लामाचौरमा प्रविधि प्रदर्शनी

पोखरा ।
गण्डकी कलेज अफ इन्जिनियरिङ एन्ड साइन्स लामाचौर पोखराले जेठ २५ र २६ गते ‘नवौं जिसिइएस आइटी एक्स्पो २०८०’ को आयोजना गर्न लागेको छ । विद्यार्थीको प्रतिभा तथा सिर्जनशीलतालाई हौसला प्रदान गर्ने र सफ्टवेयर इन्जिनियरिङ तथा सूचना प्रविधिको बारेमा सर्वसाधारणलाई समेत जानकारी गराउने उद्देश्यले प्रदर्शनी आयोजना हुन लागेको हो ।
प्रदर्शनीको पूर्व सन्ध्यामा विभिन्न कार्यक्रम गर्ने तालिका छ । जेठ २१ र २२ गते अन्तर विद्यालय स्तरिय हाजिरी जवाफ प्रतियोगितामा भएको छ । वृक्षरोपण, २४ गते बिहान खुला रक्तदान र टेक्निकल टक कार्यक्रम आयोजना गरिने प्रदर्शनीका अध्यक्ष राजन अर्यालले बताए । २ दिनसम्म सञ्चालन हुने सूचना प्रविधिको मेलामा सफ्टवेयर प्रदर्शनी, कोडिङ प्रतिस्पर्धा, हार्डवेयर सोकेस र गेमिङ प्रतिस्पर्धाका साथै विभिन्न सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरिने छ ।
जेठ २२ गते सम्पन्न अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगितामा पोखराका १४ विद्यालयले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा एसओएस गण्डकी प्रथम, ब्रह्मारुपा माध्यमिक विद्यालय दोस्रो तथा अम्बिका माध्यमिक विद्यालयले तेस्रो भएका थिए । विजेता विद्यालयलाई जेठ २५ गते औपचारिक कार्यक्रममा नगद पुरस्कार तथा ट्र«फी वितरण गरिने कार्यक्रम छ ।
सफ्टवयर इन्जिनियरिङ २०१८ ब्याचका विद्यार्थीहरुको आयोजनामा सञ्चालन हुनेसूचना प्रविधि मेलाको प्रदर्शन अवधि विहान ९ बजे देखि बेलुका ५ बजे सम्म जारी रहने जानकारी गण्डकी कलेज अफ इन्जिनियरिङ एन्ड साइन्स लामाचौरका क्याम्पस प्रमुख वीरेन्द्र खड्काले बताए ।









बाँझो भिरालो जग्गामा सुन्तला फलाएर दलबहादुरले कमाए १६ लाख
चुनाव आउन ७१ दिन बाँकी : समानुपातिक सूची बनाउन दलहरू व्यस्त, आयोगको तयारी तीव्र
फागुन २१ को चुनाव : तीन दृश्यले घटायो सरकार र दलबीचको दूरी
टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया