शिशु कल्याणमा वातावरण दिवस

समाधान संवाददाता २०८० जेठ २४ गते १३:००

पोखरा ।

पोखरा १७ छोरेपाटन स्थित शिशुकल्याण इङ्लिस स्कुलले विश्व वातावरण दिवस मनाएको छ । स्कुलले बेलघारी टोल विकास संस्था, डेभिड फल्स क्लब, बेलघारी नारी उत्थान दिदीबहिनी समूह र टारी घैयाँखेत टोल विकास संस्थाको सहकार्यमा विविध कार्यक्रम गरेको हो ।


सभामा प्रहरी चौकी छोरेपाटनका सहायक प्रहरी निरीक्षक अम्बर विश्वकर्माले यस्ता कार्यक्रमले समुदाय प्रहरी सहकार्यमा सघाउ पुग्ने विश्वास व्यक्त गरे । बेलघारी टोल विकास संस्थाका अध्यक्ष सरिता घिमिरेले साना बालबालिकाले गरेको १ दिने सरसफाइ कार्यक्रमले ठूलो सन्देश दिएको जनाइन् ।

Advertisement


विद्यालयका प्रधानाध्यापक ईश्वरीप्रसाद शर्माले समुदाय विद्यालय साझेदारीमा विद्यालयले महत्व दिएको बताए । कार्यक्रममा कक्षा ४ का विद्यार्थी आयाम पौडेलले कविता वाचन गरेका थिए भने स्कुल क्याप्टेन रितिका रानामगर, विप्लव तिमिल्सिना, जेनिशा पौडेलले वातावरण संरक्षणबारे बोलेका थिए ।


कार्यक्रममा टारी घैयाखेत टोल विकास संस्थाका अध्यक्ष गणेशबहादुर जि ी, बेलघारी नारी उत्थान दिदीबहिनी समूहकी सचिव शारदा सुवेदी, शिक्षक नीलमकुमार गौतम र विद्यालयकी सहप्राचार्य रिता गुरुङले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया