साढे २ करोडको लागतमा लोकसाइडमा ‘गाडेन’ चाइनिज रेस्टुरेन्ट

पोखरा ।
चिनिया स्वादका परिकार पस्कर्दै आएको ‘चाइनिज गाडेन रेस्टुरेन्ट’ नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको छ । चिनिया पर्यटक लक्ष्ति गर्दै विगत १५ वर्षदेखि लेकसाइडमा सञ्चालित उक्त रेस्टुरेन्ट पछिल्लो समय नेपालीको पनि रोजाइ बनेको हो । नयाँ व्यवस्थापनसँगै खुलेको यो रेष्टुरेन्टमा अहिले चाइनिजसँगै नेपाली पर्यटक बढ्न थालेका छन् ।
चाइनिज सेफ चाङ ज्याङ संङद्धारा सञ्चालनमा रहेको यो रेस्टुरेन्ट चिनिया राजदूत समेतको रोजाइ बनेको छ । पोखरा घुम्न आउने चाइनिज जो कोही यो रेस्टुरेन्ट पुग्ने गरेका छन् । पर्यटकको आकर्षणलाई ध्यानमा राखेर व्यवस्थापकले थप सुविधा युक्त बनाएका छन् । साढे दुई करोड लगानीमा २ सय ५० जना ग्राहकलाई एक साथ सेवा दिन मिल्ने गरी रेस्टुरेन्टलाई अपग्रेड गरिएको व्यवस्थापनक चाङ ज्याङले बताए । चाङ चीनको फुजेन सहरबाट आएको हुन् । चाङसँग चिनिया राजदूतावासको सेफको रुपमा काम गरेको अनुभव पनि छ । उनले काठमाडौंको याक यतिमा सेफ रुपमा काम गरे ।
‘यो रेस्टुरेन्टको प्रमुख उद्देश्य विशवमै प्रख्यात चिनियाँ खानाको परिकार चिनियाँ स्वादमा पस्कुन हो,’ उनले भने, ‘इाइजेनिक खाना पस्कन हामीले खुला किचन तयार गरेका छौं । रेस्टुरेन्टमा पोखरामा पहिलो पटक क्यारोके सेवाको विस्तार गर्ने तयारी हाम्रो छ ।’ चाङ व्यवसायको साथै सामाजिक सेवामा पनि संलग्न छन् ।
अहिले रेस्टुरेन्टमा ग्राहकको सेवाका लागि ७० जना अटाउन मिल्न सभा हल पनि छ । भिआइपी हल पनि थप गरिएको छ । ग्राहकलाई सर्भिस दिन १५ जना कर्मचारी कार्यरत रहेको छ । व्यवस्थापक चाङले कोभिडको समयमा चीनबाट स्वास्थ्य सामाग्री ल्याउन पनि महत्त्वपूर्ण भूमिका खेलेका थिए । चाङ चाइनिज एसोसिएसन पोखराका अध्यक्ष हुन् ।









सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
रिभानमा एक्यापको ३९औँ वार्षिकोत्सव, कृषि प्रदर्शनी र संरक्षणकर्मीलाई सम्मान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया