५० अर्ब लगानीमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय बन्ने

काठमाडौं ।
सरकारले करिब ५० अर्ब रुपैयाँ लगानीमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय बनाउने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मकवानपुर जिल्लाको थाहा नगरपालिकाको चित्लाङ वडा नम्बर ९ मा ३७६ मिलियन डलर अर्थात् अहिलेको विनिमयदर अनुसार ४९ अर्ब ६१ करोड ७१ लाख रुपैयाँमा विश्वविद्यालय निर्माण गर्ने भएको हो ।
सरकारले सन् २०१९ मा विश्वविद्यालय स्थापनाका लागि तयारी गर्न विभिन्न गतिविधि सञ्चालन गर्ने उद्देश्यका साथ मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति गठन गरेको थियो । सोही समितिले अहिले विश्वविद्यालय निर्माणका लागि वातावारणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार गरेको छ ।
सरकारले उक्त विश्वविद्यालय अनुसन्धानमुखी विश्वविद्यालयको रुपमा स्थापना गर्ने जनाएको छ । नयाँ ज्ञान र प्रविधि सिर्जना र अनुसन्धानको माध्यमबाट नयाँ ज्ञान र प्रविधि विकास गर्न सक्षम जनशक्ति उत्पादन गरी अर्थतन्त्र विकासका प्रत्यक्ष सहयोग पु¥याउने साधनको रुपमा विश्वविद्यालय विकास गर्ने लक्ष्य लिइएको छ ।
सरकारले विश्वविद्यालय २ सयभन्दा बढी कोठामा विश्वविद्यालय निर्माण गर्ने प्रस्ताव गरेको छ । प्रतिवेदन अनुसार आयोजनाका लागि ५०.५२ हेक्टर जग्गा आवश्यक पर्ने छ । त्यसमा ४१.२९ हेक्टर क्षेत्रफल वन क्षेत्र हुने जनाइएको छ ।
प्रतिवेदनमा विश्वविद्यालय भवन २ लाख २३ हजार मिटर क्षेत्रफलमा बन्नेछ । जसमा शैक्षिक भवनहरु, कम्युनल भवन, छात्रावास, ६ सय ७ कर्मचारीका लागि आवास, ४० कोठा भएको गेस्ट हाउस, २५ शय्याको अस्पताल र विद्यालय निर्माण गर्न प्रस्ताव छ ।
त्यो विश्वविद्यालयमा ४ हजार विद्यार्थी पढाउने लक्ष्य छ ।








पोखराबाट भारतीय सहरमा सिधा उडान भर्न मुख्यमन्त्रीको आग्रह
जलविद्युत् आयोजनाले गाउँ धुलाम्मे : हरियाली वनपाखा र बगैंचाभरि धुलो, स्थानीयलाई सास्ती
राजनीतिक स्थिरता नभए मुलुकमा संकट निम्तने मुख्यमन्त्री पाण्डेको चेतावनी
चुनाव आउन ७६ दिन बाँकी : समानुपातिक सिटको प्रतिशत हेरफेर गर्न अध्यादेश सिफारिस
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया