निजी विद्यालयलाई छात्रवृत्ति उपलब्ध गराउन पोखरा १३ को निर्देशन

समाधान संवाददाता २०८० जेठ २५ गते १९:४०

पोखरा ।

Advertisement


निजी विद्यालयले १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने कानुनी प्रावधान छ । तर, कतिपय निजी विद्यालयहरुले छात्रवृद्धि छुट्याएका हुँदैनन । साही कुरालाई मध्यनजर गर्दै पोखरा महानगरपालिका वडा नम्बर १३ले वडा भित्र रहेका निजी विद्यालयहरुलाई नयाँ शैक्षिक सत्र शुरुसँग छात्रवपृत्त उपलब्ध गराउन निर्देशन दिएको छ ।

बिहीबार वडा भित्रका निजी विद्यालय र वडा बीच १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउन सम्झौता भएको हो । ‘शिक्षा ऐनको १० औं संशोधनर निर्देशिका २०६२ अनुसार विद्यालयहरुले उपलब्ध गराउनु पर्ने १० प्रतिशत छात्रवृत्ति उपलब्ध भएको र यसलाई निरन्तरता दिनुपर्नेछ,’ सम्झौतामा भनिएको छ । वडाध्यक्ष किरण बरालका अनुसार अक्सर्फोड स्कुल, चिल्डेन एकेडेमी, ताराकुञ्ज स्कुल, इडेन्स एकेडेमी, बालकल्याण लगायतका आधा दर्शन विद्यालयसँग समझौता भएको हो ।

Advertisement


वैशाखदेखि नयाँ शैक्षिक सत्र सुरुभएसँगै यस्तो सम्झाता भएको हो । शिक्षा नियमावली अनुसार संस्थागत विद्यालयका विभिन्न समूहले पाउने छात्रवृत्तिको निर्णय गरी सम्बन्धित स्थानीय तहको शिक्षा शाखामा पेश गर्नुपर्ने व्यवस्था छ । माध्यमिक तहसम्मको शिक्षा व्यवस्थापन गर्ने जिम्मेवारी पाएका स्थानीय तहले पनि यो वैधानिक प्रावधानलाई कार्यान्वयन गराउनुपर्ने भन्दै सम्झौता भएको वडाध्यक्ष बरालले बताए ।

पोखरा महानगरपालिका –१३ मा रहेका निजि विद्यालयका सञ्चालक तथा प्रिन्सीपलसँग आज छलफल भयो । छलफलमा विद्यालय सञ्चालकले विगतमा विद्यार्थीलाई उपलब्ध गराउँदै आएको मेहनती र जेहनदार विद्यार्थीलाई छात्रवृत्ति दिने गरिरहेको र भविष्यमा पनि निरन्तरता दिने छलफल निष्कर्ष निकाल्यो,’ वडाध्यक्ष किरणले भने । वडाले विद्यालयसँग स्कुट टु वर्क कार्यक्रम सञ्चालन गर्ने भनेर सम्झौता गरेको छ । यसलाई आगमी आर्थिक वर्षबाट लागु गर्ने सम्झौता भएको वडाध्यक्ष बरालले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया