विद्यार्थीलाई सिद्धार्थ क्लबको साथ

समाधान संवाददाता २०८० जेठ २६ गते १२:५०

पोखरा ।
सिद्धार्थ क्लब पोखराले बाल शैक्षिक कार्यक्रम अन्तर्गत अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । कार्यक्रममा क्लबको बाल शैक्षिक कार्यक्रम अन्तर्गत ११ सरकारी विद्यालयमा अध्ययनरत विपन्न परिवारका ३७ विद्यार्थीलाई कापी, पेन्सिल, इरेजर, कटर, ड्रइङ कपी लगायतका शैक्षिक सामग्री र एक एक थान झोला प्रदान गरिएको हो ।


पोखरा ८ अध्यक्ष रुद्रनाथ बरालले सरकारी विद्यालयलाई प्राप्त हुने स्थानिय तहको सहयोग मात्र प्रयाप्त नहुने हुँदा संघ, संस्थाहरुको सहयोग पनि महत्वपूर्ण हुने जनाए । उनले क्लबबाट सहयोग भएका सामग्री सदुपयोग गर्न सुझाए ।


सिद्धार्थ क्लबका अध्यक्ष प्रमोदनारायण श्रेष्ठले २ दशकदेखि क्लबले विपन्न समुदायका विद्यार्थीको शैक्षिक अवस्था सुधारका लागि छात्रवृत्तिको व्यवस्था, शैक्षिक, खेलकुद सामग्री वितरण एवं विद्यालयको भौतिक पूर्वाधार विकासका कार्यक्रम सञ्चालन गर्दै आएको जनाए । महालक्ष्मी मोबाइल्स प्रालिका प्रमुख कार्यकारी अधिकृत सन्तोष भण्डारीले अनुशासन, आत्मविश्वास, सकरात्मक सोचले विद्यार्थीलाई अगाडि बढ्न सघाउने उल्लेख गरे ।

Advertisement


कार्यक्रममा क्लबका सल्लाहकार समिति सहसंयोजक अनिल श्रेष्ठ, युवा वर्ष आधारभूत विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद पहारी र मणिज्योति आधारभूत विध्यालयका शिक्षक कृष्णप्रसाद तिमिल्सिना, क्लबका सचिव रवि मर्सानी, प्रथम उपाध्यक्ष इन्दिरा मर्सानी श्रेष्ठ लगायतले बोलेका थिए । विद्यार्थीलाई वितरित झोला महालक्ष्मी मोबाइल्स प्रालिले उपलब्ध गराएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया