जन्मदिनमा विद्यालयलाई सहयोग

समाधान संवाददाता २०८० जेठ २६ गते १३:३४

पोखरा ।
गण्डकी बहुप्राविधिक शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिना आफ्नो जन्मदिनमा सामाजिक कार्य गरेका छन् । बितेका ७ वर्षदेखि तिमिल्सिनाले आफ्नो जन्मदिनमा आफू पढेको धर्मस्थली आधारभूत विद्यालयमा आमा र दाजुसँगै जाने र त्यहाँ अध्ययनरत विद्यार्थीलाई केही स्टेसनरी सामग्री वितरण गर्ने र आफूलाई बाल्यकालमा अध्यापन गरेका गुरुहरुको आशीर्वाद लिँदै आएका छन् ।


जेठ २५ गतेको तिमिल्सिनाको जन्मदिन हो । त्यस अवसरमा लक्षमणले धर्मस्थली आधारभूत विद्यालयमा स्टेसनरी वितरण एवं अनुभव आदानप्रदान कार्यक्रम गरेका छन् । कार्यक्रमको प्रमुख आमन्त्रित व्यक्तित्व विद्यालयकै पूर्व प्रध्यानाध्यापक केदारनाथ बराल थिए । विशेष आमन्त्रित व्यक्तित्व आमा पार्वती तिमिल्सिनालाई बोलाइएको थियो ।

उक्त कार्यक्रममा धर्मस्थली आधारभूत विद्यालयमा अध्ययन गरिरहेका ३० जना विद्यार्थीलाई शैक्षिक सामा्री हस्तान्तरण गरिएको छ । कार्यक्रमको अध्यक्षता विद्यालयका निमित प्रध्यानाध्यापक निर्मला पोखरेलले गरेकी थिइन् । सञ्चालन विद्यालयका शिक्षक हरीशचन्द्र अधिकारीले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया