नवज्योति विद्यालयमा छात्रवृत्ति

समाधान संवाददाता २०८० जेठ २६ गते १४:०२

पोखरा ।
पोखरा ३० मोहोरियामा रहेको नव ज्योति सनत दुर्गा आधारभूत विद्यालयमा अध्यनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ ।


विश्व वातावरण दिवस अवसर पारेर विद्यालयमा अध्यनरत विद्यार्थीका लागि शैक्षिक सामग्री र विद्यालय पोशाक विपतरण गरिएको हो । कार्यक्रममा राजनमणि पौडेलले शैक्षिक सामग्री, सुष्मा पौडेल र बाबुराम थापाले ५ विद्यार्थीका लागि पोशाक वितरण गरे । कार्यक्रमा पोखरा महानगरपालिका वडा नं ३० की वडा सदस्य भीमकुमारी पुनले शिक्षाको चेतना बिना स्वस्थ समाजको परिकल्पना गर्न नसकिने बताइन् ।


विद्यालय व्यवस्थापन समिति अध्यक्ष नारायण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सहयोगदाता शुष्मा पौडेल र भविन पुनले पनि बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया