जिल्लास्तरीय एथलेटिक्स असार २ मा

समाधान संवाददाता २०८० जेठ २६ गते १६:४६

पोखरा ।
कास्की जिल्ला स्तरीय एथलेटिक्स प्रतियोगिता असार २ गते हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो । जिल्ला खेलकुदका कार्यालय प्रमुख डम्बरबहादुर (डिबी)नेपालीका अनुसार प्रतियोगितामा १०० मिटर, २०० मिटर, ८०० मिटर र १५०० मिटर छात्र÷छात्रा दौड प्रतियोगितासँगै खुला ३ किमि छात्र÷छात्रा दौड समावेश गरिएको छ ।


प्रतियोगिता अन्तर्गत हुने १०० मिटर, २०० मिटर, ८०० मिटर र १५०० मिटर छात्र/छात्रा दौडमा विजेता खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ भने ३ किमि छात्र÷छात्रा दौडमा क्रमश प्रथम, द्वितीय र तृतीय हुने खेलाडी क्रमश जनही नगद ५ हजार, ३ हजार र २ हजार नगदका साथमा मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।


प्रतियोगितामा कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहने भएकाले सोका लागि सम्पूर्ण विद्यालयहरुमा पत्राचार गरिएको कार्यालय प्रमुख नेपालीले जानकारी दिए । उक्त प्रतियोगिताबाट यूवा खेलाडी उत्पादन तथा पहिचानका लागि सहयोगी रहने उनले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया