पोखरामा २३ वर्षयताकै गर्मी, ३५.९ डिग्री सेल्सियस

पोखरा ।
पोखरामा २३ वर्षयताकै गर्मी रेकर्ड भएको छ । शुक्रबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ३५.९ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान कार्यालय पोखराले जनाएको छ । ‘झन्डै २३ वर्षपछि पोखराको तापक्रम यति धेरै पुगेको हो,’ मौसम विज्ञान कार्यालय प्रमुख मीनकुमार अर्यालका अनुसार सन् १९९९ अप्रिल २८ मा हालसम्मकै बढी ३७.४ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो । बिहीबार तापक्रम ३५.७ पुगेको थियो ।
अर्यालका अनुसार झन्डै एक सातादेखि पानी नपरेको पोखरामा आगामी बुधबार, बिहीबार बदली भई वर्षा हुने सम्भावना देखिन्छ । मनसुन सक्रिय नभए पनि स्थानीय वायुको प्रभावले वर्षा हुन पनि सक्ने उनले बताए । अत्यधिक गर्मीका कारण बजारमा सर्वसाधारणको चहलपहल घटेको छ ।
देशभर नवलपरासीको नवलपुरमा शुक्रबार सर्वाधिक तापक्रम ४४ डिग्री सेल्सियस मापन भएको छ । सर्लाहीको सिमरामा शुक्रबार ४१.४ तथा कपिलवस्तुको तौलिहवामा ४२.४ डिग्रीसम्म पुगेको छ ।
स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव बिस्तारै देखिन थालेपछि देशका केही ठाउँमा छिटपुट पानी पर्न सक्ने भए पनि आइतबारसम्म तापक्रम अझै बढ्न सक्ने जल तथा मौसम विज्ञान कार्यालयले जनाएको समाचार कान्तिपुर दैनिकले लेखेको छ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया