पाेखरामा स्विमिङ पुलमा पौडी खेल्ने क्रममा बालकको मृत्यु

समाधान संवाददाता २०८० जेठ २८ गते १३:५७

पोखरा ।
पोखरामा स्विमिङ पुलमा पौडी खेल्ने क्रममा एक बालकको मृत्यु भएको छ । पोखरा महानगरपालिका १६ स्थित मोहनदत्त पोख्रेलले सञ्चालन गरेको स्विमिङ पुलमा पोखरा ८ आलुमाइला चोक बस्ने १० वर्षका ऐनक्स थापा पौडी खेल्ने क्रममा डुबेका थिए ।
दिप अस्पताल पोखरामा उपचारका क्रममा उनको मृत्यु भएको थियो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

तपाईको प्रतिक्रिया