न्यायिक समिति–विद्यार्थी अन्तक्र्रिया

समाधान संवाददाता २०८० जेठ २८ गते १४:११

लेखनाथ ।
लेखनाथमा विद्यार्थीसँग पोखरा महानगर न्ययिक समिति प्रशिक्षण एवं अन्तरक्रिया भएको छ । सूर्यतारा क्लबले आयोजना गरेको कार्यक्रममा क्लबका सल्लाहकार टीकाराम पगेनी, भरत गोदार, लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठ र लक्ष्मी माविका शिक्षक गंगाधर बरालले क्लबले गरेका सामाजिक कार्यबारे प्रकाश पारे ।

Advertisement


क्लबका अध्यक्ष विष्णु पुनले यस साल गण्डकी प्रदेशमा खेल महोत्वस आयोजना गरिने जनाए ।


पोखरा महानगर न्यायिक समितिका सदस्य एवं प्रशिक्षक कालिदास पोख्रेलले न्यायिक समितिले आर्थिक वर्ष २०७९/०८० मा निरुपण गरेका विवाद लगायतका विषयमा सहजीकरण गरेका थिए । पोखरा महानगरका कानुनी अधिकृत राममणि अधिकारीले पोखरा महानगर न्यायिक समितिको पृष्ठभूमि न्यायिक समितिले हेर्ने मुद्दा, उजुरी गर्ने हदम्याद, न्यायिक समितिका क्षेत्राधिकार लगायतबारे प्रकाश पारे ।


पोखरा न्यायिक समितिका अर्का सदस्य भावना श्रेष्ठले न्यायिक समितिको गठन प्रक्रिया, समितिको उद्देश्य, न्यायिक समितिको काम र अधिकार लगायत विषयमा जानकारी दिइन् । साविक लेखनाथका ६ सामुदायिक विद्यालयका विद्यार्थी र शिक्षक कार्यक्रममा सहभागी थिए । कार्यक्रमा क्लबका उपाध्यक्ष कृष्ण अधिकारी र सचिव सरस्वती श्रेष्ठले पनि बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया