मुक्तिनाथ बाहिनीमा शिविर र रक्तदान

समाधान संवाददाता २०८० जेठ २८ गते १४:३९

पोखरा ।
सशस्त्र प्रहरी बल नेपाल नं ४ मुक्तिनाथ बाहिनी मुख्यालय पोखराले २२ औं स्थापना दिवसमा साताव्यापी कार्यक्रम गरिरहेको छ । शनिबार निशुल्क स्वास्थ्य शिविरसँगै रक्तदान भएको छ ।

Advertisement


स्थापना दिवसको अवसरमा नं २४ हेडक्वार्टर कालिका मालेपाटनमा आयोजित निशुल्क स्वास्थ्य शिविरमा ४ सय ७६ जनाले स्वास्थ्य जाँच गराएका छन् । नेपाल एपिएफ अस्पताल र गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको सहयोगमा सञ्चालित शिविरमा साधारण स्वास्थ्य जाँच २ सय ३७ जना, ल्याब जाँच १ सय २९ जना र महिलाको पाठेघरको हुन सक्ने क्यान्सरको जाँच ५० जनाले गराएका छन् ।


कार्यक्रममा ३१ युनिट रगत संकलन भएको सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनीका प्रहरी निरीक्षक भीमबहादुर क्षेत्रीले बताए ।

बाहिनीको साताव्यापी कार्यक्रम २५ जेठबाट सुरु भएका हुन् ।


कार्यक्रममा सशस्त्र प्रहरी बलका डिआइजी कालिदास धौबजीले पोखरामा सञ्चालन गर्न लागिएको फिल्ड हस्पिटलले आफ्नो कर्मचारीसँग स्थानीय जनताको स्वास्थ्य सेवाको पहुँचलाई समेत सहज बनाउने बताए । उनले पोखरामा सञ्चालन हुन लागेको फिल्ड हस्पिटलले २ अत्याधुनिक एम्बुलेन्ससहित नागरिकको स्वास्थ्य क्षेत्रसँग जोडिने बताए ।

Advertisement

यस्तै, गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव विनोदबिन्दु शर्माले विपदसँग जोडिएको स्वास्थ्य क्षेत्र र सशस्त्र प्रहरी बल नेपालको अझै जनतासँगको सेवाले मजबुत सेवा जनतामा लिएरअगाडि बढ्ने बताए ।

तपाईको प्रतिक्रिया