सूर्यमणि अधिकारी स्मृति प्रतिष्ठानको अध्यक्षमा इन्दिरा

पोखरा । सूर्यमणि अधिकारी स्मृति प्रष्ठिानको चौथौं वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले इन्दिरा कोइरालाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार भएको अधिवेशनले कोइरालाको नेतृत्वमा ११ सदस्य कार्यसमिति चयन भएको हो ।
उपाध्यक्षमा प्राध्यापक देवीप्रसाद कँडेल, सचिव सहप्राध्यापक महेश अधिकारी र कोषाध्यक्ष डाक्टर बाबुराम अधिकारी चयन गरेको हो । प्रतिष्ठानको सदस्यमा रवीन्द्र माकाजु, उपप्रध्यापक बेदनीधि आर्याल र शंकर खराल चयन भएका हुन् । बाँकी सदस्य मनोनीत गरिने अध्यक्ष इन्दिरा कोइरालाले बताइन् । अधिवेशनले आगामी ३ वर्षको लागि कार्यसमितिको गरेको हो ।
अधिवेशनले प्रतिष्ठानको संरक्षकमा कपिलनाथ कोइरालालाई चयन गरेको छ । अधिवेशनको अघि जेठ २३ गते प्रष्ठिानले रुपा गाउँपालिको भंगाराको कमल आधारभूत प्राथामिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक समाग्रीहरु वितरण गरेको थियो ।
शनिबार पोखराको न्यूरोडको दीपसागर होटलमा प्रतिष्ठानको अधिवेशन सम्पन्न गरिएको हो । कोषाध्यक्ष डाक्टर बाबुराम अधिकारी र सचिव महेश अधिकारीले अधिवेशनमा वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । अधिवेशनका प्रमुख आमान्त्रित व्यक्तित्व डाक्टर चित्तामणि योगीले प्रतिष्ठानले उद्देश्य अनुरुप काम गरेको बताए । कार्यक्रममा प्राध्यापक दीलबहादुर क्षेत्रीले इतिहास यथाथवादी र तथ्यमा आधारित हुनुपर्ने बताए । कार्यक्रममा देवीप्रसाद कँडेले स्वागत मन्तव्य राखे भने डाक्टर इश्वरीराज लौडारीले र वेदनीधि अर्याललले शुभकामना मन्तव्य राखेका थिए ।








गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
पोखरा कलेजमा तालिम
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया