डिएलए अध्यक्षमा सीताराम, वरिष्ठ उपाध्यक्षमा पोखराका ढकाल

समाधान संवाददाता २०८० जेठ २९ गते ११:०४

पोखरा ।
नेपाली कांग्रेस निकट कानुन व्यवसायीहरुको संगठन नेपाल डेमोक्रयाटिक लयर्स एसोसिएसन ‍(डिएलए) को अध्यक्षमा वरिष्ठ अधिवक्ता सिताराम केसी विजयी भएका छन् । चितवनको रत्ननगरमा शुक्रबारदेखि सुरु भई शनिबार मतदान भएको ११औं महाधिवेशनमा निवर्तमान महासचिव लक्ष्मीदेवी दाहाल रावललाई हराउँदै केसी विजयी भए ।

अध्यक्षमा केसी र दाहालसँगै केदार कार्की, लक्ष्मण थपलिया र कृष्ण घिमिरे भूषणले पनि प्रतिस्पर्धामा थिए । निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा पोखराका वरिष्ठ अधिवक्ता जगन्नाथ ढकाल र महिला उपाध्यक्षमा कविता थापा कार्की विजयी भए ।

त्यसैगरी हरेक प्रदेशबाट १÷१ जना केन्द्रीय उपाध्यक्ष निर्वाचित हुने व्यवस्था अनुसार कोसीबाट कबिता बस्नेत, मधेशबाट रमानन्द साह, वागमतीबाट जनकराज श्रेष्ठ, गण्डकीबाट भूमिश्वर शर्मा गौतम, लुम्बिनीवाट विष्णुप्रसाद धिताल, कर्णालीबाट पदमबहादुर शाही र सुदुरपश्चिमबाट गंगाराम उपाध्याय उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

Advertisement


महासचिवमा ज्ञानेन्द्रप्रसाद अधिकारी, सचिवमा शिवप्रसाद रेग्मी, महिला सचिवमा धनमाया राना र कोषाध्यक्षमा हरिबहादुर बस्नेतले विजयी भए ।

केन्द्रीय सदस्यमा अफताव आलम, गोविन्दराम परियार, प्रविण महर्जन, सतेन्द्र प्रजापति, अमितकुमार कर्ण, सुनिल पाण्डे, दीपेन्द्र अधिकारी, प्रदीप कार्की, दामोदर तिम्सिना चिरन, किरण पौडेल, चक्रबहादुर थापा, दुर्गाप्रसाद पोखरेल, प्रज्ज्वल अधिकारी, विनोद अधिकारी, हरिप्रसाद रेग्मी, हरिप्रसाद पन्त, विष्णुकुमारी शर्मा, भरतबहादुर सिंह, सीता रेग्मी योन्जन, मन्दिरा अधिकारी, वसुन्धारा थापा, मनमाया पाठक, अमलराज शाही र विष्णु खनाल निर्वाचित भए ।

Advertisement

३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न देशभर झण्डै १ हजार ६ सय महाधिवेशन प्रतिनिधि रहेका १ हजार १ सय मत मात्रै खसेको निर्वाचन समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया