हिल प्वाइन्ट माविको प्रत्यक्ष चित्रकला
समाधान संवाददाता
२०८० जेठ २९ गते ११:३६

पोखरा ।
हिल प्वाइन्ट मावि माटेपानी पोखरा–१२ को ललितकला विभागको प्रायोगिक कक्षाका रुपमा प्रत्यक्ष चित्रकला घुम्ती कार्यक्रम भएको छ ।
चित्रकारले आफ्नो ग्यालरी वा घरभित्र नभई जनताका माझमा गएर जनताकै अगाडि उनीहरुले हेर्दाहेर्दै तत्काल उनैको चित्र बनाएर उनैका हातमै दिने रमाइलो पक्ष वा विशेषता कार्यक्रमको थियो । कार्यक्रमका लागि बागलुङ कालिका मन्दिरको आँगन र कुश्मा अग्लो झोलुंगे पुलनेरको स्थान चयन भएको थियो ।
प्रत्यक्ष पोट्रेट, लाइव स्केच, चित्रकला कार्यशाला र चित्रकला प्रदर्शनी चारवटा विधा एकैपटक सञ्चालित कार्यक्रममा कक्षा ११ का विद्यार्थीका साथै शिक्षक बाबुराम बस्ताकोटी, सुरेन्द्र अधिकारी र सुदिन श्रेष्ठको संलग्नता थियो । कार्यक्रममा सर्वसाधारण जनताको चाख र उपस्थितिका बीचमा विद्यार्थीले चित्र बनाएर वा बेचेर अर्थलाभ पनि गरेका थिए ।
सम्बन्धित







१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया