संस्कृत विद्यापीठमा बधाई

पोखरा ।
विन्दुवासिनी संस्कृत विद्यापीठ, पोखरामा पदोन्नति एवं विद्यावारिधि गरेका प्राध्यापकहरूलाई आइतबार बधाई ज्ञापन तथा शुभकामना प्रदान गरिएको छ ।
विन्दुवासिनी संस्कृत विद्यापीठ, नेपाल प्राध्यापक संघ इकाइ समितिको आयोजनामा नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगको आन्तरिक तथा खुला प्रतियोगिताबाट प्राध्यापकमा पदोन्नति सत्यराज सुवेदी, श्रीराम बराल, डा जगनाथ रेग्मी एवं हालसालै ʿसिद्धान्तकौमुदीश्लोकसिद्धान्तकौमुद्योः समीक्षणात्मकानुशीलनम्ʾ शीर्षकमा विद्यावारिधी उपाधि पाएका उपप्राध्यापक डा भानुभक्त आचार्यलाई सम्मान गरिएको हो ।
कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक संघ केन्द्रीय समितिका उपसभापति सहप्राध्यापक आनन्दमणि रिजालले ११ वर्षपछि विश्वविद्यालयमा पदोन्नतिको विज्ञापन भएको र आगामी दिनमा प्रत्येक २ वर्षको अन्तरालमा यस्तो विज्ञापन गर्नैपर्ने व्यवस्था गराउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा खुला प्रतियोगिताद्वारा उप प्राध्यापकबाट प्राध्यापक बन्न सफल डा. रेग्मीसहित सम्मानित प्राध्यापक एवं प्राडा शालिग्राम सुवेदी, सह प्राध्यापक अम्बिकाप्रसाद भट्टराई, सहप्राध्यापक नारायणप्रसाद सापकोटा र कर्मचारी संघ एकाइ समिति अध्यक्ष दुर्गारमण पराजुली, उपसभापति प्रकाश पौडेल र सचिव डा. भोलानारायण रेग्मीले बोलेका थिए ।
प्राध्यापक संघ विन्दुवासिनी संस्कृत विद्यापीठ इकाइ समिति सभापति डा. चूडामणि कँडेलको अध्यक्षतामा कार्यक्रम भएको हो ।








सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया