डिल्ली पौडेलको ‘केतुकी’ सार्वजनिक

समाधान संवाददाता २०८० जेठ २९ गते १४:५०

पोखरा ।
डिल्ली पौडेलको ‘केतुकी’ गीत सार्वजनिक भएको छ । डिल्ली पौडेल र सुनिल केसीको प्रस्तुति रहेको सो गीतमा शब्द तथा लय शिव अखेलीको छ । तारानाथ आचार्यको एरेन्ज रहेको गीतमा डिल्ली पौडेल र नविना सुवेदीका साथमा सुमन केसी, सुनिल केसी र गंगा पौडेलको स्वर रहेको छ ।

Advertisement

कुमार केसीको निर्देशन रहेको ‘केतुकी’मा लोमस शर्मा र यशु भट्टराईको अभिनय छ । बागलुङको कुश्मीसेरा बजार, बिनामारे तथा बाास्टारीमा गीतको छायाङ्कन गरिएको छ । डिल्ली पौडेलले यसअगाडि ‘छ छैन मायाले बाटो देखेको’, ‘बोडी र तरुल’ जस्ता एल्बम बजारमा ल्याइसकेका छन् ।

तपाईको प्रतिक्रिया