सुरजको नयाँ गीत
समाधान संवाददाता
२०८० जेठ २९ गते १५:१८

पोखरा ।
वैदेशिक रोजगारीमा रहेर पनि संगीतमा क्रियाशील सुरज विश्वकर्माको नयाँ गीत हालै सार्वजनिक भएको छ । ‘आशाहरु आकासमा’ बोलको गीत सुरजले ल्याएका हुन् ।
गत माघ १ गते सेतीमा विमान दुर्घटनामा ज्यान गुमाउने ७२ जनाप्रति उनले गीत समर्पण गरेका छन् । यो गीतको म्युजिक भिडियोमा निर्देशन र संगीतसमेत उनकै छ ।
उदयीमान गायिका बबी दियालीको आवाज रहेको गीतको संगीत संयोजन विनोद रसाइलीले गरेका हुन् । पोखरामा नै छायांकन गरिएको भिडियोमा केही दृश्य जहाज दुर्घटना भएको ठाउँमै छायांकन गरिएको छ ।
वैदेशिक रोजगारीको शिलशिलामा मकाउमा रहेका उनले जहाज दुर्घटनाको समयमा स्तब्ध हुँदै आफूले यो गीत सिर्जना गरेको सुरज बताउँछन् । विस्तारै विस्तारै, तिम्रो मन, तिमीलाई नै हेरिरहूँ, र दुइ तले फलामको खाटैमा जस्ता गीत उनका यसअघि नै बजारमा आइसकेका छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया