प्रेस चौतारी मुस्ताङको वार्षिक साधारण सभा सम्पन्न

जोमसोम—प्रेस चौतारी नेपाल मुस्ताङ शाखाको वार्षिक साधारण सभा सोमबार मुस्ताङको पुथाङ एअरपोर्टमा सम्पन्न भएको छ ।प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तिलक विकको प्रमुख आतिथ्यतामा प्रेस चौतारी मुस्ताङको वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
यसअघि साधारण सभाको प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तिलक विकले साधारण सभाको ब्यानर वाचन गरी उद्घाटन गरेका थिए ।केन्द्रिय सदस्य विकले पत्रकारहरुले समाजमा रहेका विकृति,विसङ्गी र बेथितीको उजागार गर्दै आवाजविहिनकोहरुको आवाज बन्नुपर्ने बताए।पत्रकारहरुले सत्य र तथ्य समाचार लेखेर सुशासन,समृद्धि र विकाका लागि खबरदारी गर्नु पर्नेमा जोड दिए ।
केन्द्रिय सदस्य विकले राज्यलाई सुशासनमैत्री बनाउन २०५५ सालमा प्रेस चौतारी नपाल स्थापना भएको उल्लेख गरे । प्रेस चौतारी नेपाल अंग्रणी एक गर्विलो प्रेस संस्था भएको उल्लेख गर्दै केन्द्रिय सदस्य विकले मुस्ताङमा २०६५ सालमा प्रेस चौतारी नेपालको शाखा विस्तार भएको जनाए ।
यस्तै, नेकपा एमाले जिल्ला कमिटी मुस्ताङका अध्यक्ष आशबहादुर थकालीले पत्रकारहरुले निश्पक्ष,स्वतन्त्र र पारदर्शी ढंगले कलम चलाउनु पर्ने बताए । अध्यक्ष थकाली पत्रकारिता मर्यादित र जटिल पेशा भएकाले यसमा सचेत हुन सुझाए । प्रेस चोतारी नेपालका जिल्ला अध्यक्ष सुनदेवी रसाईलीले आगामी दिनमा प्रेस चौतारी नेपालको शाखालाई सशक्त प्रभावकारी ढंगले लैजान आवश्यकता रहेको बताईन् ।
उनले पत्रकार निडर र निष्ठावान हुन सकेमात्र समाज र राष्ट्र रुपान्तरण हुन बल पुग्ने जनाईन् ।‘अब चौतारीलाई पालिका पालिकामा विस्तार गर्नुपछ,उनले भनीन,यसो गर्दा सबै पालिकाका खबर सहजै प्राप्त हुन सकुन् ।’ कार्यक्रममा नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाका अध्यक्ष सुन्दरकुमार थकालीले चौतारीको साधारण सभा सफलताको शुभकामना मन्तव्य प्रकट गरेका थिए । कार्यक्रम प्रेस चौतारी नेपालका प्रदेश कमिटी सदस्य विकास विकले संञ्चालन गरेका थिए ।
यस अघिका प्रेस चौतारी नेपाल मुस्ताङ शाखामा उपाध्यक्ष पदमा रहेका आईतलाल थकालीलाई जिससको उपप्रमुख जस्तो गरिमामय पदमा निर्वाचित भएकोमा प्रेस चौतारी नेपाल मुस्ताङ शाखाले बधाई तथा शुभकामना व्यक्त गरेको छ ।
प्रेस चौतारी नेपालको वार्षिक साधारण सभामा शाखाको आर्थिक तथा सांगठनिक प्रतिवेदन सर्वसम्वत पारित भएको जनाईएको छ ।






जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया