मनसुन केही दिनपछि भित्रिने

काठमाडौं ।
यस वर्ष मनसुन भित्रिन अझै केही दिन लाग्ने भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले सोमबार साँझ दिएको जानकारी अनुसार नेपालमा वर्षाको आगमन औसत मिति (जुन १३ तारिख) भन्दा एक–दुई दिन ढिलो भित्रिने भएको हो ।
महाशाखाले यस वर्षको मनसुन प्रणाली भारतको उत्तर पूर्वी भू–भाग, बंगलादेश र भुटानसम्म आइपुगेको जनाएको छ ।
नेपालको पूर्वी भू–भाग कोशी प्रदेशमा मनसुन भित्रनको लागि अझै केही दिन लाग्ने महाशाखाले बताएको हो ।
केही दिनदेखि देशका मध्य तथा पश्चिमी भू–भागमा अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको भन्दै महाशाखाले अझै ४ दिन लूको सम्भावना रहेको बताएको छ ।
महाशाखाका अनुसार काठमाडौँ उपत्यकालगायत अन्य उपत्यकाहरूमा पनि तापक्रममा वृद्धि भइरहेको छ । देशका मध्य तथा पश्चिम तराईका भू–भागमा लगातार अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको बताइएको छ ।
मौसम पूर्वानुमान महाशाखाले गरेको विश्लेषणअनुसार सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशको तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहेको छ । साथै बागमती प्रदेशको तराईका भू–भाग र मधेस प्रदेशको पश्चिमी भू–भागमा थोरै तापक्रम घटे पनि अत्यधिक गर्मीको सम्भावना यथावत् रहने देखिएको छ ।
महाशाखाले आगामी चार दिन (जेठ ३० देखि असार १ गते) सम्म तातो हावा तथा लूको सम्भावना रहेकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।








मणिपालमा बुद्ध विशाल बजार व्यवसायीलाई छुट
थर्पु अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालन
केपी ओलीको उदय, चुनाैती र अनुभव
डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया