वन रक्षकको परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ
समाधान संवाददाता
२०८० जेठ ३१ गते १०:४३

पोखरा ।
जिल्ला प्रहरी कार्यालय कास्कीले वन रक्षक पदको परीक्षामा सहभागी भएका २ जना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका १५, फूलबारीस्थित गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराको परिसरभित्र मंगलबार सञ्चालन भएको लोकसेवा आयोगको परीक्षामा सहभागी नक्कली परीक्षार्थीलाई कास्की प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जुम्ला चन्दननाथ नगरपालिका वयलकाटीया बस्ने १८ वर्षीय बालक र जुम्ला सिन्जा गाउँपालिका लुम बस्ने पदम बुढा छन् । चेक गर्दा परीक्षार्थीहरूको नामको सक्कल नागरिकतामा आआफ्नो तस्बिर टाँस गरेर परीक्षामा सहभागी भएको भेटिएको हुँदा उनीहरुलाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट शिक्षा ऐन सम्बन्धी मुद्दामा दिन ५ म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएका प्रहरीले जनाएको छ ।
सम्बन्धित







१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया