भ्रष्टाचारविरुद्ध निर्मम बन्न आग्रह

पोखरा ।
प्रेस सेन्टरले केन्द्रीय समिति, प्रदेश कार्यालय र केही जिल्ला कार्यालयमार्फत सरकारलाई ध्यानाकर्षण गराएको छ । कुनै पनि बहानामा भ्रष्टाचारविरुद्धको अभियानबाट पछि नहट्न संस्थाले सरकारको ध्यानाकर्षण गराएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई सेन्टर गण्डकी ध्यानाकर्षण पत्र बुझाएको हो ।
सेन्टरले सरकारले लिएका जनपक्षीय निर्णय र कदमप्रति ऐक्यबद्धतासहित, प्रेस स्वतन्त्रता, न्यूनतम पारिश्रमिक वृद्वि, पत्रकारका समस्या, समानुपातिक विज्ञापन लागू गर्ने र शान्ति प्रक्रियालगायत विषयलाई निष्कर्षमा पु¥याउन दबाब दिने उद्देश्यले प्रेस सेन्टरले राज्यको तीन तहका प्रमुखलाई देशैभर ध्यानाकर्षणपत्र बुझाएको हो । भर्खरै सम्पन्न १९ साधारणसभाको निर्णयानुसार मुख्यमन्त्रीको ध्यानाकर्षण गरिएको गण्डकी अध्यक्ष अर्जुन काफ्लेले बताए ।
केन्द्रमा प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटासहितको प्रतिनिधि मण्डलले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ध्यानाकर्षणपत्र बुझाएको छ । सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलतासहित चालेको कदम, गरेको निर्णय र कारबाही प्रक्रियाले आम जनमानसमा सकारात्मक सन्देश र नयाँ आशाको सञ्चार गरेकाले उक्त अभियानलाई अझ सशक्त बनाउन संस्थाले आग्रह गरेको छ ।
प्रेस सेन्टरले सरकारको यस कदम र निर्णयप्रति पूर्ण ऐक्यबद्धता प्रकटसमेत गरेको छ । प्रेस सेन्टरले सरकारको आगामी आर्थिक वर्षको नीति कार्यक्रममार्फत समानुपातिक विज्ञापन प्रणालीको नीति ल्याएकामा आभार व्यक्त गरेको छ । संगठनले समानुपातिक विज्ञापनको नीतिलाई व्यावहारिकरूपमा तत्काल कार्यान्वयन गर्न माग गरेको छ ।
सबै विज्ञापनलाई एकद्वार प्रणालीमा लैजाने व्यवस्था मिलाउन आग्रह गर्दै सेन्टरले विज्ञापन बोर्डलाई समानुपातिक विज्ञापन प्रणाली कार्यान्वयनका लागि थप जिम्मेवार बनाउन तथा प्रक्रिया पूरा गरी सञ्चालनमा रहेका अनलाइन सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराउन सरकारको ध्यानकर्षण गराएको छ ।
ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री दाहालले पत्रकारका मागका सम्बन्धमा सरकार गम्भीर रहेको जनाए ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया