‘अपांगता भएकालाई आयआर्जनमा जोडौं’

समाधान संवाददाता २०८० असार १ गते ११:१५

पोखरा ।
अपांगता भएकाको जीवनस्तर उकास्नका लागि उनीहरलाई आयआर्जनमा जोडनुपर्ने सरोकारवालाले बताएका छन् । पोखरा २६ मा रहेको सृजना बहिरा आवासीय माविमा आइतबार भएको अपांगता सशक्तीकरण एवं सचेतना कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् ।


अपांगता भएकाहरुको मनोबल उच्च बनाउने खालका कार्यक्रममार्फत उनीहरुलाई आयआर्जनतर्फ अग्रसर गराउनुपर्ने वक्ताहरुले सुझाए । पोखरा २६ का वडाध्यक्ष नरेन्द्र थापाले वडाको चौतर्फी विकासका लागि सामाजिक सचेतना आवश्यक पर्ने जनाए । उनले वडालाई अपांग मैत्री बनाउन प्रत्यत्न गर्ने उल्लेख गरे ।


वडा सचिव मीना भण्डारीले वडाले सामाजिक संघ, संस्थासँगको सहकार्यबाट मात्र अभियानले सार्थक रुप लिन सक्ने जनाइन् ।

Advertisement

विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रकाशलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानध्यापक अनिता सिग्देलले विद्यालयमा देखिएका समस्या र यसका समाधानका उपायबारे प्रकाश पारिन् ।


कार्यक्रममा लक्ष्मी माविका सहायक प्रधानाध्यापक विष्णुप्रसाद तिवारी, पूर्वन्यायाधीश वासुदेव न्यौपाने, नेपाली कांग्रेस वडा नं २६ का सभापति शिवबहादुर रानाभाट, सृजनाशील टोल विकास संस्थाका अध्यक्ष हरिबहादुर लामिछाने र सहभागीको तर्फबाट सविता भण्डारी लगायतले बोलेका थिए ।

Advertisement


स्वावलम्बन जीवन पद्धति केन्द्रका अध्यक्ष हेमबहादुर गुरुङ, सृजनशील अपांगता सस्थाका केन्द्रीय महासचिव नवराज अधिकारी र वडा सचिव मिना भण्डारीले कार्यक्रममा सहजीकरण गरेका छन् ।

तपाईको प्रतिक्रिया