कुँवरलाई अधिकृत समाजको सम्मान

समाधान संवाददाता २०८० असार १ गते ११:१६

पोखरा ।
कस्केली अधिकृत समाज कास्कीले संस्थाका पूर्व कोषाध्यक्ष टेकबहादुर कुँवरलाई एक समारोहका बीच स्वागत तथा सम्म्मान गरेको छ । अधिकृत समाज स्थापनापछि दोस्रो कार्यकाल २०६५ देखि २०६७ सालसम्म कोषाध्यक्ष बनेर संस्थालाई गतिशील तुल्याउन पु¥याएको योगदानको कदर गर्दै कुँवरलाई सम्मान गरिएको हो ।


पछिल्लो समय अमेरिकामा बसोबास गर्दै आएका कुँवरको नेपाल आगमनको सन्दर्भ पारेर संस्थाले सम्मान गरेको हो । कुँवरले स्थापना कालमा संस्थालाई अगाडि बढाउन जे जस्ता अप्ठ्यारा परे तापनि हाल संस्थाले गति लिएकोमा आफूलाई सन्तोष मिलेको बताए ।


उनले समय र परिस्थितिले परदेशमा रहन परे तापनि स्वदेशको माया र आफूले योगदान दिएका संघसंस्थालाई जीवन्त राख्न आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत गरे ।

Advertisement


कस्केली अधिकृत समाजका संस्थापक कोषाध्यक्ष दुर्गाबहादुर शाह ‘बाबा’ले कुँवरले संस्थामा रहँदा गरेको योगदान र लगाएको गुन कहिल्यै नभुल्ने बताए ।


समाजका सल्लाहकार देवेन्द्र केसीले सामाजिक संघ, संस्था स्थापना ठूलो कुरा नभएको तर त्यसका गतिविधिले नै संस्थाको जीवन्तता देखाउने भएकाले अधिकृत समाज नाम जस्तै काम गरेर अगाडि बढेको देख्दा खुसी लागेको सुनाए ।

Advertisement


संस्थाका अध्यक्ष चन्द्रबहादुर सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार वासुदेव पौडेल, संस्थाका सचिव महेश पौडेल, अधिवक्ता चित्रबहादुर अधिकारी, स्वतन्त्र पत्रकार संघ कास्की अध्यक्ष असफल गौतम लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया