अखिल नेपाल महिला संघ गण्डकीमा हिरा

समाधान संवाददाता २०८० असार १ गते ११:२१

पोखरा ।
अखिल नेपाल महिला संघ गण्डकी प्रदेश प्रथम सम्मेलनले सर्वसम्मत नयाँ कार्यसमिति चुनेको छ । अधिवेशनले अध्यक्ष हिरा गिरीको नेतृत्वमा ६ पदाधिकारीसहित ७१ सदस्यीय कमिटी निर्माण गरेको नेकपा (एमाले) गण्डकी प्रदेश कमिटी सचिव धनञ्जय दवाडीले जानकारी दिए । कमिटी उपाध्यक्षमा पार्वती तिवारी र देवी थापामगर, सचिव खरमाया बिटालु, सहसचिव पद्मा गुरुङ र कोषाध्यक्ष अञ्जु केसी छन् ।

Advertisement


‘समृद्ध नेपाल सुखी नेपाली हाम्रो अभियान, समान सहभागिताका लागि सुदृढ संगठन’ भन्ने नाराका साथ सम्मेलन भएको हो ।

अधिवेशन गर्न अखिल नेपाल महिला संघका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश इन्चार्ज नरदेवी पुनको अध्यक्षतामा ७ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको थियो ।

Advertisement


एमाले सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले सम्मेलन उद्घाटन गरेकी थिइन । उद्घाटन सत्रमा नेकपा (एमाले)का स्थायी समितिका सदस्य तथा अखिल नेपाल महिला संघका निवर्तमान अध्यक्ष थममाया थापा, अखिल नेपाल महिला संघका केन्द्रीय अध्यक्ष टुका हमाल, नेकपा (एमाले)का पोलिटब्युरो सदस्य जगतबहादुर विश्वकर्मा, गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्मा, अनेमसंघका स्थायी समितिका सदस्य तथा प्रदेश सहइन्चार्ज देवी थापा, केन्द्रीय सदस्य देवका पहारी, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेश अध्यक्ष रुद्रबहादुर खत्री, अनेमसंघ (क्रान्तिकारी) नेतृ निर्मला सुवेदी ‘क्रान्ति’ लगायतले बोलेका थिए । अधिवेशनको बन्दसत्र बिहीबार बिहान सकिएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया