कानुनमा व्यवस्था, कार्यान्वयनमा बेवास्ता

पोखरा ।
थुप्रै पीडा र दुख लुकाएर घर, समुदाय र हेरचाह केन्द्रमा बस्ने ज्येष्ठ नागरिकले दुव्र्यवहार विरुद्धको विश्व चेतना दिवस मनाएका छन् । संयुक्त राष्ट्र संघले सन् २०११ देखि यो दिवस मनाउन थाले पनि नेपालका गैह्रसरकारी निकाय ज्येष्ठ नागरिकको छाता संगठन राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले सन् २०१५ देखि यो दिवस मनाउन थालेको हो ।
सरकारी निकायले यो दिवस मनाउन त्यति चासो नदेखाए पनि विद्यमान नेपालका ऐन कानुन ज्येष्ठ नागरिक मैत्री बनाउन थालेको १८ वर्ष पूरा भएको छ ।
संविधानमा ज्येष्ठ नागरिकको हकलाई मौलिक हक मानिए पनि ज्येष्ठ नागरिक उपेक्षित र पीडित छन्
नेपालको संविधानमा ज्येष्ठ नागरिकका हक, अधिकारलाई मौलिक हकका रुपमा उल्लेख गरिएको छ । त्यसै अनुसार ज्येष्ठ नागरिकलाई समाजिक सुरक्षा भत्ता, ७० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य बिमा, उपचारका क्रममा अरुको लाइनमा बस्नु नपर्ने, बत्ति, पानीको बिल तिर्न जाँदा छुट्टै लाइनको व्यवस्था, स्वास्थ्य निर्देशिका अनुसार औषधि खरिद गर्दा अल्जाइमर डिमेन्सिया, मुटुरोग लगायतका कतिपय रोगको औषधी निशुल्क बनाइएको छ ।
ऐन, कानुनमा जतिसुकै राम्रो व्यवस्था गरिए पनि व्यवहारमा तिनलाई परिपालना गर्न सकिएको छैन । बिहीबार पोखरामा कार्यक्रममा गण्डकीकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुुशीला सिंखडाले सो कुरा स्वीकार गरेकी हुन् । मन्त्री सिंखडाले समाजमा कसैप्रति पनि दुव्यवहार गरिनु नहुने जनाइन् ।
उनले प्रदेश सरकारले दुव्र्यवहार बिरुद्धका नीति, ऐन कानुन निर्माण र भइरहेका कानुनी व्यवस्थालाई कार्यान्वयनमा जोड दिने बताइन् । गण्डकी ज्येष्ठ नागरिक संघको आयोजना तथा पोखरा वृद्धाश्रमको सहआयोजनामा भएको उक्त कार्यक्रममा अधिकांश वक्ताले यस्ता सचेतनामूलक कार्यक्रम पालिका, प्रदेश र संघीय सरकारले गर्नुपर्ने उल्लेख गरे ।
राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका केन्द्रीय सचिव कुसुमकेशव पराजुलीले आफूहरुले ज्येष्ठ नागरिकका लागि सरकारसँग मिलेर थुप्रै काम गर्न चाहेको भए पनि सरकारले चासो नदिएको गुनासो गरे ।
अझै पनि ६० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई शारीरिक, मानसिक, आर्थिक, यौनिक, सांस्कृतिक रुपमा दुव्र्यवहार गरिने गरेको वक्ताहरुले औंल्याए । घरपरिवार, आफन्तजन, समाजका मानिसबाट ज्येष्ठ नागरिकहरु प्रताडिट हुनु परेको उनीहरुको भनाइ छ ।
कार्यक्रममा अधिवक्ता गीता लामिछाने र मानव अधिकार आयोग गण्डकी प्रदेशका अधिकृत टंक खनालले ज्येष्ठ नागरिकका हक अधिकार र उनीहरुप्रति हुने दुव्र्यवहार बिरुद्ध नेपालको कानुनी व्यवस्थाबारे प्रशिक्षण दिएका थिए । कार्यक्रममा गण्डकी प्रदेशमा विगतमा बिभिन्न क्षेत्रमा उल्लेखनीय योगदान दिएका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ ।
यसरी सम्मान हुनेमा समाजसेवी विकल शेरचन, हेरम्बराज कोइराला, पिताम्बर शर्मा, दामोदर शर्मा, लेखनाथ शर्मा, भक्तराज श्रेष्ठ र बागवानी विज्ञ विश्वनाथ पराजुली छन् । कार्यक्रम ज्येष्ठ नागरिक संघ, कास्की अध्यक्ष विश्वेश्वर आचार्यको अध्यक्षतामा भएको हो ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया