एगा पोखरा टोली म्याग्दीमा

पोखरा ।
म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल क्षेत्रीले आर्थिक रूपान्तरणका लागि पोखरा र म्याग्दीका उद्योगी, व्यवसायीबीच सहकार्य हुनुपर्नेमा जोड दिएका छन् । दुई जिल्लाका उद्योगी र व्यवसायीबीच सहकार्य भए उद्यमशीलता विकास हुने उनको भनाइ छ ।
इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले म्याग्दीको बेनीमा आयोजना गरेको अन्तरक्रियामा अध्यक्ष क्षेत्रीले उद्योग व्यवसायको प्रवद्र्धनमा पोखराले म्याग्दीलाई सघाउनुपर्ने खाँचो औंल्याए । उनले म्याग्दीमा उत्पादित सामाग्रीको ब्रान्डिङका लागि सहयोग गरिदिन पोखरेली व्यवसायीसँग आग्रह गरे ।
म्याग्दी उद्योग वाणिज्य संघले म्याग्दीका ६ वटै पालिकामा इकाइ स्थापना गरेको जानकारी दिँदै सबै पालिकामा उद्यामशीलता विकासका लागि नीतिगत रुपमा पहल गरिरहेको बताए । म्याग्दीको उत्पादन बजार प्रवद्र्धन गर्न सहजरुपमा जिल्ला बाहिर पठाउन सहजीकरण भइरहेको भन्दै उनले यसका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।
एगा पोखराका अध्यक्ष ईन्द्रप्रसाद भण्डारीले उद्यमशीलताका माध्यमबाट आर्थिक समृद्धि हासिल गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिए ।
उनले म्याग्दीका स्थानीय उत्पादनलाई बजारीकरण गर्दै अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन एगाले सघाउने प्रतिवद्धता जनाए ।
भविष्यमा सहकार्य गरेर ठूला उद्योग स्थापना गर्न सकिने सम्भावना रहेप नि तत्कालका लागि स्थानीय स्तरमा उत्पादित सामग्रीको प्रवद्र्धनसँगै बजारीकरण गर्न सकिने र यसमा एगा सहकार्य गर्न तयार रहेको अध्यक्ष भण्डारीले बताए । पर्यटन अभियन्ता कृष्ण केसीले पोखरासँग म्याग्दीको पर्यटकीय सम्बन्ध जोड्नुपर्ने बताए । भएका पूर्वाधारको विकाससँगै प्रवद्र्धन र पर्यटन लक्षित कार्यक्रमलाई जोड दिँदै यहाँका स्थानीयको आयआर्जन बढाउनेतर्फ लाग्नु जरुरी रहेको उनको भनाइ छ ।
‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनेकाले म्याग्दी र मुस्ताङमा उत्पादन हुने अल्लो र लोक्ताका कपडा लगायतको अन्तर्राष्ट्रिय बजारीकरण आवश्यक छ’, उनले भने । व्यवसायिक प्रवद्र्धनात्मक अध्ययन अवलोकन भ्रमण टोलीले स्थानीय उद्यमीलाई लक्षित गरी जोमसोम, ठिनी, उपल्लो मुस्ताङस्थित लोमान्थाङमा क्षमता अभिवृद्धि तालिम एवं अन्तरक्रिया गर्दै नेपाल र चीनबीचको सीमा कोरला नाकासम्मको प्रवद्र्धन गरिने एगाका उपाध्यक्ष गोकर्ण लम्सालले जानकारी दिए ।
स्थानीय स्तरमा उत्पादन हुने अर्गानिक सामाग्रीको प्रवद्र्धन गर्ने लक्ष्यका साथ भ्रमण आयोजना गरिएको एगाका निवर्तमान अध्यक्ष विश्वराज पोखरेलले जानकारी दिए । सो अवसरमा म्याग्दीका नेपाली कागज उद्योगी मोतीराज गौतम र हिमाली अल्लो कपडा उद्योग बेनीकी अध्यक्ष विष्णुकुमारी गुरुङले कच्चा पदार्थ संकलन, उत्पादन र बजारीकरणका समस्याबारे चर्चा गरेका थिए ।








गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
ढोरपाटनमा फस्टायो घोडचढी
दूरसञ्चार बिना विकास असम्भवः मन्त्री थापा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया