क्यान्सर पीडतलाई सहयोग

समाधान संवाददाता २०८० असार १ गते १२:३३

लेखनाथ ।
पाठेघर क्यान्सर पीडित पोखरा ३१ किम्वेसी निवासी ४० वर्षीया हरिमाया नेपालीलाई सहयोग आउने क्रम जारी छ ।


भरतपुर क्यान्सर अस्पतालमा उपचार भइरहेकी उनको आर्थिक अवस्था कमजोर हुँदा समस्या भएको परिवारले जनाएको छ ।

स्थानीय पुरुषोत्तम अधिकारीले समाजिक सञ्जालमार्फत् चलाएको अभियानबाट संकलन भएको ३१ हजार उनलाई प्रदान गरिएको छ ।

Advertisement


पोखरा ३१ मोहोरिया निवासी शोभा लामछिानेले आफ्नो संस्था हर्ट ग्रुपमार्फत संकलन गरिएको रकमलाई हस्तान्तरण गरिएको हो । हरिमायाको परिवारले मनकारीलाई हरिमायाको नाममा बेगनासतालमा रहेको मुत्तिनाथ विकास बंैकको खाता नं ००५२१६००३३४५९८०००००१ मा सहयोग जम्मा गरिदिन अनुरोध गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया