विषयगत शिक्षक समूह गठनबारे तालिम

समाधान संवाददाता २०८० असार १ गते १२:३५

पोखरा ।

विषयगत शिक्षक समूह गठन र परिचालनसम्बन्धी अभिमुखिकरण भएको छ । शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशको आयोजनामा भएको कार्यक्रममा सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसीला सिंखडाले शिक्षा समाज परिवर्तन र विकासको मेरुदण्ड भएको बताइन् ।


मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले आगामी शैक्षिक कार्यक्रम अझै प्रभावकारी बनाएर अगाडि बढ्ने जनाए । शिक्षा विकास तथा समन्वय इकाई प्रमुख लोकनाथ आचार्यले कार्यक्रम अत्यन्तै प्रभावकारी भएको दाबी गरे ।

Advertisement


कार्यक्रममा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयबाट शिक्षा तर्फको शैक्षिक योजना तथा विज्ञान प्रविधि महाशाखाका प्रमुख तोयनाथ लम्साल र स्वास्थ्यको तर्फका सचिव विनोद विन्दु शर्माले प्रस्तुतीकरण राखेका थिए । सुन्दरबजार नगरपालिकाको अभ्यास प्रस्तुति उपसचिव ठाकुरजी तिवारीले गरेका थिए ।


विषयगत शिक्षक समुह गठन तथा परिचालनसम्बन्धी मापदण्डका बारेमा शिक्षा निर्देशनालयका उपसचिव नारायण पौडेलले प्रस्तुति गरे । शिक्षा निर्देशनालय गण्डकी प्रदेशका निर्देशक अम्बिका आचार्यले पहिलो पटक नयाँ कार्यक्रम, नौलो ढंगले गर्दै गण्डकी प्रदेशलाई शैक्षिक गन्तव्यको थलो बनाउने दाबी गरे ।

Advertisement


पछिल्लो समय गणित, विज्ञान र अग्रेजी पढाउने शिक्षक पनि कम, प्रतिस्पर्धा पनि कम र पढ्ने विद्यार्थी पनि कम भएको हुँदा यसलाई पनि सुधार गर्नुपर्नेमा उनले जोड दिए । विद्यार्थीलाई केन्द्रीकृत गरेर उनले प्रदेशले शैक्षिक महोत्सव र शैक्षिक सामग्री निमार्ण कार्यशाला गर्नुपर्नेमा उनले जोड दिए । कार्यक्रममा गण्डकी प्रदेशको स्थानीय तह शिक्षा युवा तथा खेलकुद महाशाखा, शाखाका प्रमुख सहभागी थिए ।

तपाईको प्रतिक्रिया