उद्घोषण तालिम

समाधान संवाददाता २०८० असार १ गते १२:३६

पोखरा ।
पोखरा म१४ मझेरिपाटन स्थित युनिटी टोल विकास संस्थाले १० दिने उद्घोषण तथा भाषणकला तालिम आयोजना गरेको छ ।

तालिममा १८ प्रशिक्षार्थीले बोल्ने कलाबारे प्रकाश पारे ।


बोल्ने कलाका विषयमा रेडियो अन्नपूर्णका स्टेसन म्यानेजर सञ्जयकुमार मल्ल, मानवअधिकारका विषयमा इन्सेक गण्डकीका संयोजक शिव खकुरेल र मनोविद विजय राईले प्रशिक्षण दिए ।

Advertisement


समापन कार्यक्रममा वडाध्यक्ष बोधबहादुर कार्कीले वडा नम्बर १४ भरिमै युनिटी टोलको छवि पृथक भएको बताए । उनले अब ४ वर्ष अझै जुझारु ढंगले वडाको विकासमा समर्पित हुने प्रतिवद्धता गरे । युनिटी टोल विकास संस्थाका अध्यक्ष तेजिन्द्रबहादुर कँडेलले तालिममा सिकेका विषयलाई व्यवहारिक ज्ञानको विषय बनाएमात्रै तालिमको औचित्य हुने जनाए ।


कार्यक्रममा टोलको तर्फबाट पोखरा महानगरपालिका स्तरिय हाजिरीजवाफ प्रतियोगितामा सान्त्वाा स्थान हासिल गर्ने सुमित्रा लम्साल, कविता अधिकारी र लक्ष्मी अधिकारी तथा प्रथम वडाध्यक्ष कप ब्याडमिन्टन प्रतियोगितामा द्वितीय हुने टोलका चोकबहादुर थापा र थमनसिंह थापालाई सम्मान गरियो ।

Advertisement


कार्यक्रममा प्रशिक्षक सञ्जयकुमार मल्ल, सुमित्रा लम्साल, कविता अधिकारी लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया