घरपझोङमा महिलाको भिआइए जाँच

जोमसोम ।
मुस्ताङको घरपझोङ गाउँपालिकाको मार्फा र ठिनी गाउँमा महिलाको पाठेघरमा हुने मुखको क्यान्सरसम्बन्धी स्वास्थ्य परीक्षण गरिएको छ । घरपझोङ गाउँपालिकाको आयोजना तथा मुस्ताङ अस्पतालको समन्वयमा प्रजनन स्वास्थ्य रुग्णता व्यवस्थापनबारे २ दिने पाठेघरको मुखको क्यान्सर पहिचान (भिआइए) परीक्षण शिविर गरिएको हो ।
महिलाको पाठेघरको मुखको क्यान्सर पहिचान तथा प्रजनन् रुग्णतासम्बन्धी समस्या भएका १ सय ४० महिला लाभान्वित भएको घरपझोङ गाउँपालिकाका स्वास्थ्य संयोजक कर्णबहादुर थकालीले जानकारी दिए । मुस्ताङ अस्पतालका चिकित्सक डा शिशिर पौडेलसहित घरपझोङ गापाको स्वास्थ्य शाखामा कार्यरत ५ स्वास्थ्यकर्मीको टोलीले शिविरमा आउने महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरेको स्वास्थ्य संयोजक थकालीले बताए ।
बिहीबार घरपझोङ २ मार्फाको मार्फा स्वास्थ्य चौकी भवनमा र शुक्रबार ठिनीको जोमसोम स्वास्थ्य चौकीमा (भिआइए) शिविर सञ्चालन गरिएको हो । घरपझोङ गाउँपालिकाद्वारा मार्फा र ठिनीमा आयोजित (भिआइए)शिविरलाई मुस्ताङकी सामाजिक अभियान्ता एवं महिला उद्यमी सूकुन रसाइलीले विशेष सहयोग पुर्याएकी थिइन् ।
मार्फा स्वास्थ्य चौकीमा पहिलाे दिन भएको पाठेघरको मुखको क्यान्सर (भिआइ) परीक्षणमा ८८ महिलाको स्वास्थ्य चेकजाँच गरिएको थियो । ठिनीमा दोस्रो दिन शुक्रबार भएको शिविरमा ५२ जना महिलाको परीक्षण गरिएको शिविर शिविर सहयोगी सुकुन रसाइलीले जानकारी दिइन् ।
मार्फा स्वास्थ्य चौकी मार्फामा ८८ महिला मध्ये ८५ जनाको पाठेघरको मुखको क्यान्सर( भिआइए) र स्तन परीक्षण गरिएको छ ।
१२ जना महिलाको (पिआईडी) परीक्षण गरिएको छ । शिविरमा १ जनाको पाठेघरको मुखको क्यान्सर(भिआइए)पोजेटिभ देखिएको छ भने अर्को एक जनाको पाठेघर पोलिप्स समस्या देखिएको छ ।
घरपझोङ ५ ठिनीको शिविरमा ५५ जना महिला सहभागी रहेकोमा ४६ जनाको भिआइए परीक्षण र ४ जनाको पिआइडी उपचार गरिएको घरपझोङ स्वास्थ्य शाखाले उल्लेख गरेको छ । भौगोलिक अवस्था,आर्थिक समस्या र कार्यव्यस्तताका कारण स्वास्थ्य लाभ लिन नसकेका महिलालाई शिविर सञ्चालनले राहत पुर्याएको सहयोगी रसाईलीले उल्लेख गरिन् ।
उनले महिलाको स्वास्थ्य अधिकारका रक्षाका लागि यसप्रकारको कार्यक्रम बर्सेनि सञ्चालन गर्न स्थानीय तहले पहल गर्नुपर्ने बताइन् । यसअघि मुस्ताङको थासाङ गाउँपालिका पनि लेते प्राथमिक स्वास्थ्य केन्द्रमा एक दिने महिलाको पाठेघरको मुखको क्यान्सरसम्बन्धी भिआइए शिविर सञ्चालन गरेको थियो ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया