बैंकर बुद्धिको ‘सफलता सम्भव छ’

पोखरा ।
बैंकर डा. बुद्धि मल्लको पुस्तक ‘सफलता सम्भव छ’ बजारमा आएको छ । शिखा बुक्सले प्रकाशन गरेको पुस्तक नेपाल व्यवस्थापन संघका अध्यक्ष उपेन्द्र पौड्याल र नेपाल बैंकर संघका अध्यक्ष सुनील केसीले सार्वजनिक गरे ।
डा मदन विष्ट र लेखक रोहित भण्डारीले पुस्तकको समीक्षा गरे । लेखकले पुस्तकमा पाठकलाई सहज हिसाबले बुझ्ने गरी बिभिन्न उदाहरणका साथ जीवनबारे बुझाएका छन् । जिन्दगी सुन्दर छ भन्ने सकारात्मक बिषयका साथै स्मार्ट वर्क, जोखिम, टिम वर्क, संघर्ष, नैतिकता, आलोचना, ईष्र्या, धर्य, व्यवहार, एस्म्य मान लगायत विभिन्न बिषयमा ४१ लेख यसमा समावेश छन् ।
पुस्तकमा उँटले आफ्नो जीवनको निरन्तरताका लागि घाँटी लामो बनाउन प्रयत्न गरेकोदेखि संसारका सफल व्यक्तित्वहरु बिल गेट्स, दि रक, पृथ्वीनारायण शाह, एड्मन्ड हिलारी, मिल्खा सिंह, जिम केरी, झमक घिमिरे, हेनरी फोर्ड, दशरथ माझी, ज्याक मा, भगवान बुद्ध, सचिन तन्दुल्कार, सनाथ जयासूर्या, शेन वार्न, नवोजोद सिद्धु, अमिताभ बच्चन जस्ता हस्तीका जीवनमा घटेका केही प्रेरक प्रसंग उल्लेख गरिएको । ती प्रसंगको माध्यमबाट सफलता सम्भव छ भनी प्रकाश पार्ने जमर्काे गरेको लेखक मल्ल बताउँछन् ।
तपाईको प्रतिक्रिया