सृजना लिडर्स क्लबमा टेबलटेनिस प्रतियोगिता

समाधान संवाददाता २०८० असार ३ गते १५:१४

पोखरा ।
सृजना लिडर्स क्लबको आयोजनामा पोखरामा प्रथम गण्डकी प्रदेश (एसइई) स्तरीय टेबल टेनिस प्रतियोगिता भएको छ ।

Advertisement

प्रतियोगितामा छात्रा सिंगलतर्फ केफ मावि, सिमपानीकी समृद्धि अधिकारी प्रथम भएकी छन् । निष्पक्ष माविकी प्रतीक्षा सुवेदीले द्वितीय र हिमाञ्चल बोर्डिङकी आस्था पुन र प्रगति बोर्डिङ स्कुलकी दिप्नी गुरुङ तृतीय बने ।


छात्र सिंगलमा समता शिक्षा निकेतनका समीर लिम्बु प्रथम, सितलदेवी माविका विवेक दर्जी दोस्रो बने । हिल प्वाइन्टका एड्रिन श्रेष्ठ र वेलनोनका रुपेश कुँवरले तृतीय स्थान हासिल गरे ।


यस्तै, छात्र डबलतर्फ ग्लोबल कलेजियट माविका जेनिथ गुरुङ र जेनिथ ठकुरी प्रथम हुँदा आइबेल एकेडमीका सागर अधिकारी र सविन पौडेल दोस्रो स्थानमा रहे । हिमाञ्चल बोर्डिङ स्कुलका रिवाज ढकाल र आयुष अधिकारी र मदरल्यान्ड माविका अमिस पौडेल र सन्दीप राउत तृतीय बने ।


प्रतियोगितामा प्रथम हुने छात्र, छात्रा टिमलाई नगद ५ हजार ट्रफी र प्रमाणपत्र र द्वितीय हुनेलाई नगद ३ हजार, मेडल र प्रमाणपत्र र तृतीय हुने दुई टिमले १५÷१५ सयका दरले पुरस्कार पाएका छन् । कार्यक्रमको मैत्रीपूर्ण खेलतर्फ सृजना माविका लक्ष्मण पोख्रेल प्रथम, प्रवेश आचार्य द्वितीय, अपिल ढकाल र शुभम तिवारी तृतीय बने ।

Advertisement


विजेतालाई कास्की जिल्ला टेबल टेनिस संघका अध्यक्ष उत्तम जोशी लगायतले पुरस्कार वितरण गरे । स्पर्धामा प्रदेशका स्याङ्जा, कास्की, तनहुँ, पर्वत र लमजुङका गरी ९३ विद्यार्थी सहभागी थिए । छात्र सिंगलमा ४८, छात्र डबलमा १२ र छात्रा सिंगलमा ४ टिमले प्रतिष्प्रर्धा गरेको क्लबका अध्यक्ष मिलन खड्काले जानकारी दिए ।


सृजना लिडर्स क्लब सृजना माध्यमिक विद्यालय सृजनाचोक पोखरामा अध्ययन गर्ने विद्यार्थीको संस्था हो । विद्यालयका संस्थापक प्राचार्य डोलराज पाण्डेले विद्यार्थीलाई अतिरिक्त क्रियायाकलापमा सहभागी गराउन प्रयत्न गर्दै आएको जनाए ।

तपाईको प्रतिक्रिया