संकटमा सञ्चारको भूमिका

पोखरा ।
आर्थिक–राजनीतिक संकटमा सञ्चारमा त्यसको प्रभाव र दायित्वबारे सरोकारवालाले छलफल गरेका छन् । जनसञ्चार तथा प्रकाशन प्रालिले आइतबार पोखरामा आयोजना गरेको कार्यक्रममा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अनिल शर्मा विरहीले अवधारणापत्र पेश गरे ।
उनले नेपालमा देखा परेको आर्थिक राजनीतिक संकट विदेशी शक्तिहरुको हस्तक्षेप र राज्य सञ्चालकको निरीहपनका कारण बढ्दै गएको दाबी गरे । नेपालमा मिडिया सञ्चालन र तिनले उठाउने एजेन्डाका तथ्य पेश गर्दै शर्माले मिडियाको अवस्था र दायित्वबारे प्रकाश पारे ।
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष डा सुरेश आचार्यले २००७ सालयता देशमा राजनीतिक अस्थिरता जारी रहेको र कुनै पनि सरकारले कार्यकाल पूरा गर्न नसकेको स्मरण गरे । आचार्यले सबैभन्दा शक्तिशाली भनिएको २०७४ सालको नेकपाले झन ठूलो निराशामा जनतालाई दिएको टिप्पणी गरे । आचार्यले लोक कल्याणकारी विज्ञापन दुरुपयोग भएको भन्दै यसलाई सुधार्न सुझाए ।
नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले नेपालको अर्थतन्त्रमा ठूलो योगदान मिडिया क्षेत्रमा रहेको जनाए । मुलुकको अर्थतन्त्र विकास र राजनीतिक परिवर्तनमा मिडियाको भूमिकाको अवमूल्यान गर्न नहुने उनले औंल्याए ।
कार्यक्रममा पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष गंगाधर पराजुली, पूर्व केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, नेपाल पत्रकार महासंघका प्रदेश अध्यक्ष नारायण शर्मा, न्यूनतम पारिश्रमिक निर्धारण समिति सदस्य माधव पनेरू, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष बिमला भण्डारी, जनप्रचार तथा प्रकाशन विभागका शेरबहादुर विक, पत्रकार प्रकाश डुम्रे लगायतले मिडिया जगत संकटमा पर्दै गएको जनाए ।








डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न
एमालेको सचिवमा पद्मा अर्याल निर्वाचित
एमालेको उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ विजयी
५ वर्षमा पनि बनेन सेती नदीमा पुल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया