समतामा नारीका सिर्जना

पोखरा ।
समता काव्य सन्ध्याको ३ सय ५८ औं शृंखला नारी स्रष्टा विशेष बनेको छ । शनिबार पोखरेली युवा सांस्कृतिक परिवारलेसन्ध्याको आफ्नो नियमित कार्यक्रममा नारी सर्जकहरुलाई उभ्याएको हो ।
साहित्यकार हरिदेवी कोइरालाले आफ्ना सिर्जना सुनाउन पोखरेली युवा साँस्कृतिक परिवारको मञ्च प्रयोग गरेको बताइन् ।
सृजनाको महिना असारलाई मानो खाएर मुरी उब्जाउने याम मानिन्छ । कार्यक्रममा हरिदेवीले आसारे भाका सुनाइन् ।
कार्यक्रममा सरस्वती श्रेष्ठ ‘सरू’, सरस्वती प्रतीक्षा, रीता अधिकारी, डा पुष्पा केसी, रमा पराशर, केशु शर्मा, लक्षी थापा, छन्दिका त्रिपाठी, हसिना बस्नेत, सविता दवाडी, लोचना अधिकारी, ईशा शाह, शुभ शर्मा, प्रतिमा शर्मा, संगीता बराल बिसी, सुनिता देवकोटा, मनिषा पौडेल, शर्मिला कार्की र निर्मला बरालले रचना सुनाए ।
परिवारका अध्यक्ष उपेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सचिव डा चैतन्य अधिकारी र साहित्य संयोजक शरण आँसुले पनि बोलेका थिए ।
तपाईको प्रतिक्रिया