पोखरा १४ र २७ मा रास्वपा गठन
समाधान संवाददाता
२०८० असार ४ गते ११:१८

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नं. १४ र २६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वडा समिति गठन गरिएको छ । शनिबार भएका छुट्टा छुटै भेलाले पोखरा १४ मा राजन भण्डारी र पोखरा २७ मा सुनील बरालको संयोजकत्वमा वडा समिति गठन गरेको हो ।
पोखरा १४ मा गठन भएको ११ सदस्यीय समितिको उपसभापतिमा अम्बिका बानिया, सचिव मिनु कँडेल र सदस्यमा भूमीनन्द भट्टराई, कृष्णबहादुर कार्की, रामचन्द्र कार्की, पुरुषोतम पौडेल, सरला खड्का, सर्मिला अधिकारी, खेम बहादुर केसी र लक्ष्मी विक छन् ।
२७ को भेलाले रोशन अधिकारीलाई उपसभापति, ध्रुवराज पौडेल सचिव र बृहस्पति पौडेल, प्रताप ओझा, रमेश तामाङ, मीनाकुमारी अधिकारी र तेज नेपालीलाई सदस्य चयन गरेको छ । र्यापिड संयोजकमा रमेश तामाङ र सल्लाहकारमा थमबहादुर रानाभाट, सोमराज त्रिपाठी, रमेश पौडेल र राधामोहन पौडेल छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया