अर्घौ सहकारीको शिविर

समाधान संवाददाता २०८० असार ४ गते १२:१९

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नं.२६ को अर्घौचोकमा रहेको अर्घौ कृषि सहकारीले आयोजना गरेको स्वास्थ्य सिविरमा २ सय ५ जनाले सेवा लिएका छन् । सहकारीले वहन गर्नुपर्ने सामाजिक उत्तरदायित्वअन्तर्गत शनिबार भएको शिविरमा महिलाका लागि पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर र अरुको सुगर प्रेसर परीक्षण गरिएको छ ।

Advertisement


सृजनशील टोल विकास संस्था र सृजनशील महिला समूहको सहकार्य एवं संक्रामक तथा सरुवारोग अस्पतालको प्राविधिक सहयोगमा शिविर भएको हो । कार्यक्रममा रोग निवारणका उपायबारे सहभागीलाई सचेतनासमेत दिइएको थियो ।


९३ वर्षीया डम्बीकला आचार्यको जाँच गरी सुरु भएको सिविरमा ९८ महिलाको पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर परीक्षण गरिएको हो । संक्रामक तथा सरुवा रोग अस्पतालका डा सन्दीप ओझा, डा सञ्जय सापकोटा, डा विवेक कँडेल, सिनियर नर्स नम्रता बास्तोला, तुलसी पौडेल, सुनील रेग्मी, कृष्मा गिरी, कृशा शाक्य र सुजाता राजभाटले शिविरमा सहयोग गरेका थिए ।


सहकारीका अध्यक्ष कलाधर पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा सचिव हरि लामिछाने र कार्यक्रम संयोजक प्रभाकुमारी पौडेलले पनि बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया