राेहनकाे ‘तिमीसँगै’ सार्वजनिक
समाधान संवाददाता
२०८० असार ५ गते १२:४१

पोखरा ।
पोखरामा रहेर म्युजिक भिडियोमा क्रियाशील रोहन नेपाली अभिनित तिमी सँगै बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा उनलाई प्रियाना आचार्यले साथ दिएकी छन् ।
सुभाष ढुंगानाको आवाज रहेको गीत शून्य प्रकाशले लेखेका हुन् । हरि लम्सालको संगीतमा रहेको गीतको म्युजिक भिडियो सुभाष ढुंगानाको अफिसियल युटुबमार्फत सार्वजनिक गरिएको छ । रामजी लामिछानेको निर्देशन र कोरियोग्राफीमा तयार भएको म्युजिक भिडियोबाट रोहन आशावादी छन् ।
रोहन म्युजिक भिडियोमा क्रियाशिल भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्छन् । यसअघि उनको ‘मायाले बोलेको’ गीत सार्वजनिक भएको थियो । यसमा माया गरेको मान्छे टाढा हुनुको पीडालाई गीतमार्फत प्रस्तुत गरिएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया